default_image

2 years ago

August 19, 2022

पिएसजीमा एमबाप्पे पहिलो, नेयमार दोस्रो

202 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का मुख्य प्रशिक्षक क्रिस्टोफ गाल्टिएरले केलियन एमबाप्पे र नेयमारसँग गत साताको अन्त्यमा मोन्टपेलिएरमाथि ५–२ को जित निकालेको खेलपछि विवादपछि भेट गरेका छन् ।

मोन्ट पेलिएरविरुद्ध पिएसजीले दुई पेनाल्टी पाएको थियो । पहिलो पेनाल्टीमा एमबाप्पे सरिक भएपनि उनले पेनाल्टी चुकाए । त्यसपछि दोस्रो पेनाल्टीमा पनि एमबाप्पेले नेयमारसँग बल माग्दै पेनाल्टी लिने प्रयास गरेपनि नेयमारले आँफैले प्रहार गर्दै गोल गर्न सफल भए ।

नेयमारले दोस्रो पेनाल्टी लिने तयारी गरिरहँदा एमबाप्पे र नेयमारबीच छलफल भएको र त्यसमा नेयमार आँफैले लिन खोजेको भिडियो भाइरल बनेको थियो । त्यसपछि पिएसजीमा पहिलो पेनाल्टी कसले लिने भन्नेमा खेलाडीबीच देखिएको विवादपछि प्रशिक्षक गाल्टिएरले एमबाप्पे र नेयमारसँग भेट गरेका हुन् ।

प्रशिक्षक गाल्टिएर क्लबले समस्या बन्न सक्ने कुनै कुराको द्रुत समाधान खोज्न चाहन्थे । दुई स्टारसँग गाल्टियरको भेटपछि एमबाप्पे पहिलो पेनाल्टी लिने खेलाडी हुने निर्णय भएको क्लबले जनाएको छ ।

ब्राजिली नेयमार युरोपमा उत्कृष्ट पेनाल्टी टेकर मध्ये एक मानिन्छ । त्यसैले प्रशिक्षक गाल्टिएरले उनलाई दोस्रोमा राखेको छ । यसैबीच, क्लबमै रहेका अर्जेन्टिनी लियोनेल मेस्सी पिएसजीको पेनाल्टी लिने खेलाडीमा रहनेछैनन् । नेयमार र एमबाप्पे नभएको खेलमा मेस्सीसँगै स्पेनिस भेट्रान डिफेन्डर सर्जियो रामोस पनि पेनाल्टी लिन उत्कृष्ट मानिन्छ ।

July 5, 2024

इक्वेडोरलाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

एजेन्सी – इक्वेडोरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । गोलरक्षक इमिलियानो मार्टिनेजले पेनाल्टी सुटआउटमा दुई वटा पेनाल्टी बचाउँदै ४-२ को जित निकालेपछि शुक्रबार अर्जेन्टिना लगातार पाँचौं पटक सेमिफाइनलमा प्रवेश गरेको हो । कोपा अमेरिकामा क्वाटरफाइनल र सेमिफाइनलमा बराबरीको खण्डमा खेल सिधै पेनाल्टी सुटआउटबाट निर्धारण हुने प्रावधान छ […]

July 5, 2024

‘एमबाप्पे र रोनाल्डो’ – रियल म्याड्रिड ग्यालेक्टिकोस विगत र भविष्यको भेट

एजेन्सी – बाल्यकालमा केलियन एमबाप्पेले आफ्नो कोठाको भित्तामा क्रिस्टियानो रोनाल्डोको तस्विर राखेका थिए । फ्रान्सेली फुटबल टोलीका कप्तान समेत रहेका एमबाप्पे अहिले फुटबलको चर्चित नाम बनिसकेका छन् । उनै एमबाप्पेले आफ्नो बाल्यकालका स्टार रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल विरुद्ध युरो कप २०२४ को क्वाटरफाइनलमा खेल्दैछन् । युरो २०२४ को क्वाटरफाइनलमा फ्रान्स र पोर्चुगल आमनेसामने हुँदा रोनाल्डो […]

July 4, 2024

मेस्सीले कोपा अमेरिका क्वाटरफाइनल खेल्नेमा शंका

एजेन्सी – अर्जेन्टिनाका स्टार फरवार्ड तथा कप्तान लियोनेल मेस्सीले अमेरिकामा जारी कोपा अमेरिका २०२४को क्वाटरफाइनल खेल खेल्ने / नखेल्ने शंका रहेको छ । चोटका कारण मेस्सीले इक्वेडोर विरुद्धको क्वाटरफाइनल खेल्ने निश्चित नरहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अर्जेन्टिना र इक्वेडोर बीचको क्वाटरफाइनल खेल शुक्रवार बिहान हुँदैछ । मेस्सीले गत साता चिली विरुद्धको समूह […]

Success

Thank you for your time.