default_image

2 years ago

August 17, 2022

रोनाल्डोले समर्थकलाई कमेन्ट गर्दै दुखेसो पोखे

166 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो समर्थकको इन्स्टाग्राममा कमेन्ट गर्दै दुखेसो पोखेका छन् । रोनाल्डो र म्यानचेस्टर युनाइटेडको विषयमा भइरहेको चर्चालाई उनले झुट रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

समर्थक लेन्दारियोले आफ्नो अकाउन्टमा एटलेटिको म्याड्रिडले उनलाई अनुबन्ध गर्न चाहेपनि समर्थकको विरोधका कारण क्लब अघि नबढेको लेखेका थिए । क्लबले उनलाई आर्थिक कारण पनि अनुबन्ध गर्न नसक्ने लेखिएको छ । सँगसँगै लेन्दारियोले युनाइटेड रोनाल्डोको लागि ठिक क्लब नरहेको र चाडै क्लब छोडेको हेर्ने रहर रहेको बताए । यसबाहेक मिडियाले रोनाल्डोको नाममा झुट लेखेको पनि उल्लेख गरिएको छ ।

रोनाल्डोले उक्त पोस्टमा दुई कमेन्ट गरेका छन् । एक कमेन्टमा उनले लेन्दारियोको पोस्टमा सहमति जनाउँदै धेरै पछि उनको एकाउन्टमा पुगेको लेखेका छन् । अर्को कमेन्टमा भने रोनाल्डोले मिडियाले झुट बोलेको बताएका छन् । रोनाल्डोले केही सातामा अन्तर्वार्तामार्फत सबै कुरा प्रष्ट पार्ने जनाएका छन् । उनले पछिल्लो महिना १ सय समाचारमा ५ मात्र सत्य रहेको पनि बताए ।

रोनाल्डोले सिजनमा निकै खराब सुरुवात गरेपछि क्लब समर्थकहरु पनि उनीसँग सन्तुष्ट छैनन् । नयाँ प्रशिक्षकको आगमनपछि रोनाल्डो थप असन्तुष्ट रहेको बुझिएको छ । यसैपनि च्याम्पियन्स लिग खेल्न चाहने उनको इच्छा रहेकाले क्लब छाड्ने सम्भावना बलियो छ ।

यो पनि पढ्नुहोस : रोनाल्डो र युनाइटेड : क्लबले जान दिने, विकल्प भने छैन

July 6, 2024

जर्मनीलाई हराउँदै स्पेन युरोको सेमिफाइनलमा

एजेन्सी – आयोजक जर्मनीलाई अतिरिक्त समयमा पराजित गर्दै स्पेन युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । दुई उपाधि दावेदार बीचको खेलमा स्पेनले अतिरिक्त समयमा जर्मनी माथि २-१ को जित हात पारेको हो । निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयले निर्धारण भएको थियो । अतिरिक्त समयको पनि अन्तिम समयमा स्पेनले […]

July 5, 2024

हर्दीको पहिलो जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आज हर्दी युवा समाजले जित हासिल गरेको छ । लिगमा पहिलो जित निकालेको हर्दीले शुक्रबार एभरेष्ट क्लबलाई ३-० ले हराएको हो । हर्दीको जितमा सन्तोष थिङले ह्याट्रिक गरे । सन्तोषले खेलको सातौं, ४५ औं र ४७ औं मिनेटमा गोल गरे । लिगमा ह्याट्रिक गर्ने […]

July 5, 2024

दुई उपाधि दावेदारको क्वाटरफाइनल भिडन्त

एजेन्सी – युरो २०२४ मा हालसम्म सबैभन्दा बलियो देखिएका दुई टोलीले क्वाटरफाइनलको सुरुवात गर्दैछन् । अलग जोश र घरेलु भूमिमा उपाधिका लागि तत्पर घरेलु टोली जर्मनी तथा युवा जोशले भरिपूर्ण स्पेन आज ९:४५ बजे सेमिफाइनलमा स्थान बनाउनका लागि भिड्दै छन् । जर्मनीले १९९६ यता युरो कपको उपाधि जित्न सकेको छैन । युरो जितेयता विश्वकप कै […]

Success

Thank you for your time.