2 years ago
August 16, 2022
एजेन्सी – एट्लेटिको म्याड्रिडले नयाँ सिजनको स्पेनिस ला लिगामा विजयी सुरुवात गरेको छ । गेटाफेलाई उसकै मैदानमा ३–० ले पराजित गर्दै एट्लेटिकोले विजयी सुरुवात गरेको हो ।
एट्लेटिकोको जितमामा अल्भारो मोराटाले दुई तथा एन्टोइन ग्रिजमनले एक गोल गरे । पोर्चुगिज मिडफिल्डर जोआओ फेलिक्सले तीन गोलमै असिस्ट प्रदान गरे ।
कोलिसिअम अलफन्सो पेरेज स्टेडियम गेटाफेमा सोमबार राति भएको खेलमा एट्लेटिकोले १५औं मिनेटमा मोराटाको गोलमा अग्रता लिन सफल भयो । उनले फेलिक्सको पासमा गोल गर्न सफल भए ।
५९औं मिनेटमा मोराटाले फेलिक्सकै पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । ७५औं मिनेटमा फेलिक्सकै पासमा परिवर्तित खेलाडी एन्टोइन ग्रिजमनले गोल गर्दै टोलीको जित पक्का गरे ।
ग्रिजमन ६२औं थोमस लेमारको स्थानमा मैदानमा छिरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा एट्लेटिको विजयी हुन सफल भयो ।
जितसँगै एट्लेटिको ३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । रियल बेटिस, भिल्लारियल, ओसासुना, रियल म्याड्रिड, रियल सोसिडाड र भ्यालेन्सियाको समान ३ अंक रहेपनि एट्लेटिको गोल अन्तरमा माथि छ । पराजित गेटाफेले अंकको खाता खोल्न सकेको छैन ।
ला लिगाकै अर्काे खेलमा एथलेटिको बिल्वाओ र मलोर्काले गोलरहित बराबरी खेल्दा रियल बेटिसले इल्चेलाई ३–० ले पराजित गरेको छ ।
February 5, 2025
हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- मछिन्द्र फुटबल क्लब पोखरामा जारी २४ औं आरा! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बुधवार भएको दोस्रो प्रि क्वाटरफाइनलमा विभागीय टोली एपिएफ फुटबल क्लबलाई २-० गोल ले हराउँदै मछिन्द्र अन्तिम आठमा पुगेको हो। मच्छिन्द्रलाई जित दिलाउन आदित्य शाक्य र स्टेफेन कामाहाले गोल गरे। दोस्रो दिन अर्को पूर्व विजेता […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]