default_image

2 years ago

August 16, 2022

पिएसजीमा नेयमार र एमबाप्पेबीच विवाद

111 views

0 Bookmark

एजेन्सी – फुटबलको नयाँ सिजन सुरु भएको केहि साता मात्र हुँदैछ । तर पेरिस सेन्ट जर्मेन (पिएसजी) को ड्रेसिङ रुममा भने विवादले ठाँउ पाएको छ । यद्दपी पहिलो खेलमा फ्रेन्च च्याम्पियनले मोन्टपिलियसलाई ५–२ ले हराएको थियो ।

पिएसजीले उक्त खेल सहजै जितेपनि खेलमा नेयमार र केलिएन एमबाप्पे एकअर्कासँग खुसी थिएनन् । खेलका दौरान एक समय फ्रान्सेली युवा स्टार एमबाप्पे कुद्दाकुद्दै रोकिएका थिए । कारण नेयमारले उनलाई पास दिएनन् । त्यो भिडियो क्लिप अहिले भाइरल भइरहेको छ ।

खेलमा दोस्रो पेनाल्टी हान्नका लागि एमबाप्पेले नेयमारसँग सोधेका थिए । उनी पहिलो प्रयासमा गोल गर्न असफल भएपछि नेयमारले आफैं पेनाल्टी हाने र गोल गरे । त्यसपछि एमबाप्पेलाई टोलीको पेनाल्टी लिने पहिलो खेलाडी तोकेकोमा समर्थकले आचोलना गरेका छन् ।

नेयमार र एमबाप्पेको विषयमा क्लबले हस्तक्षेप गर्ने

टोलीको अवस्था बिग्रनु अघि नै पिएसजीको नेतृत्वले अहिलेको अवस्थालाई मथ्थर पार्न कोसिस गर्ने भएको छ । टोलीका प्रशिक्षक क्रिटोफे गाल्टिएर र खेलकुद सल्लाकार लुइस काम्पोसले यो साता दुवै फरवार्डसँग भेट्ने सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुले टोलीको राम्रोको लागि दुवैलाई सहकार्यका लागि अनुरोध गर्ने बताइएको छ ।

केहि सञ्चारमाध्यमका अनुसार क्लबले एमबाप्पेलाई पिएसजी प्रोजेक्टको केन्द्रमा राखेकोले नेयमार मात्र होइन लियोनल मेस्सी पनि खुसी छैनन् । सम्झौता नविकरणका समयमा पिएसजीले उनलाई महत्वका साथ राजी गराइएको थियो । नेयमार पिएसजीको नेतृत्वसँग खुसी नरहेकै बताइन्छ । त्यसले पनि नेतृत्वले उनीसँग भेट्न चाहिरहेको छ

ब्राजिलियन स्टारले सिजनको सुरुवातमा क्लब छाड्ने चर्चा पनि चलेको थियो । तर, नेयमार बस्न राजी भए । सबैको ध्यान पिएसजीलाई पहिलो पटक च्याम्पियन्स लिग उपाधि जिताउनु रहेको छ । एमबाप्पले, नेयमार, मेसीबीच राम्रो तालमेल हुने हो भने क्लबको लक्ष्य प्राप्ती असम्भव देखिन्न । यदि उनीहरुबीच नै एकता रहेन भने सम्भावना पनि कमजोर हुने पक्का छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.