default_image

2 years ago

August 15, 2022

प्रशिक्षक टेन हागले बिदा काटेर प्रशिक्षणमा पेलाए

186 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हागले क्लबका खेलाडीलाई आइतबार बिदाको दिन काटेर प्रशिक्षणमा निकै पेलाएका छन् ।

यसै सिजनको सुरुवातमा क्लबमा आबद्ध भएका आयाक्सका पूर्व प्रशिक्षक टेन हाग हाल निकै दबाबमा छन् । लगातार दुई हारबाट प्रिमियर लिगमा सुरुवात गरेपछि टोली अहिले अंक तालिकाको पुछारमा छ । पहिलो खेलमा ब्राइटनसँग २-१ को हार बेहोरेको टोली दोस्रो खेलमा ब्रेन्टफर्डसँग ४-० ले पराजित भएको थियो । शनिबार लज्जास्पद हार बेहोरेपछि टेन हागले आइतबार विश्राम काटेर प्रशिक्षण गराएका थिए ।

बेलायती संचारमाध्यमका अनुसार टेन हागले खेलको भोलिपल्ट नै खेलाडीलाई निकै कठिन प्रशिक्षण सेसन लिएका थिए । उनले सबै खेलाडीलाई झन्डै १४ किलोमिटर कुदाएका थिए । शनिबारको खेलमा ब्रेन्टफर्डका खेलाडी युनाइटेड भन्दा १३.८ किलोमिटर बढी कुदेका थिए । उक्त खेलपछि नै टेन हागले आफ्नो टोलीको प्रदर्शनमा असन्तुष्टि जनाएका थिए ।

‘ब्रेन्टफर्डमा बढी भोक देखिएको थियो । हामीले व्यक्तिगत गल्तीका कारण नै गोल खान पुग्यौं । रणनीति बनाएपछि त्यसलाई प्रयोग नगर्नु राम्रो होइन,’ उनले भने, ‘खेलाडीले मैदानभित्र जिम्मेवारी लिएनन् । आफूमा विश्वास गरेर खेल भन्दा त्यो हुन सकेन ।’

युनाइटेडले प्रिमियर लिगमा अब लिभरपुलको सामना गर्दैछ । उक्त खेलका लागि समर्थकहरुले युनाइटेडका मालिक ग्लेजर परिवारविरुद्ध आन्दोलनको कार्यक्रम राखेका छन् ।

February 5, 2025

नव ज्योति च्यालेन्ज कप – न्यु स्टार सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १- ० ले हराउँदै न्यु स्टार अन्तिम चारमा पुगेको हो। न्यु स्टारका लागि खेलको इन्ज्युरी समयमा […]

February 5, 2025

पुष्पसदन र ग्रिन भिलेजको जित

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा बुधवार कीर्तिपुरको पुष्पसदन बोर्डिङ स्कुल र कीर्तिपुरकै ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विजयी भएका छन्। पहिलो खेलमा पुष्पसदनले नक्सालको राई स्कुललाई ५-१ ले हराएको थियो। पुष्पसदनका विशाल कुवँर र हिक्मत योगीले समान २ र बुद्ध लिम्बुले १ गोल गरे। विजयी टोलीका विशाल कुवँर प्लेयर […]

February 5, 2025

भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजकमा सौर्य एअर र ओम साई पाथिभरा हस्पिटल

हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]

Success

Thank you for your time.