default_image

2 years ago

August 15, 2022

मुलर चम्कँदा बायर्नको लगातार दोस्रो जित

161 views

0 Bookmark

एजेन्सी – मिडफिल्डर थोमस मुलरले एक गोलसँगै एक असिस्ट दिएपछि जर्मन च्याम्पियन बायर्न म्युनिखले नयाँ सिजनको जर्मन बुन्डेसलिगामा लगातार दोस्रो जित दर्ता गरेको छ ।

घरेलु मैदानमा बायर्नले वल्फवर्गलाई २–० ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । यसअघि बायर्नले पहिलो खेलमा आइनट्राख्ट फ्रान्कफुर्टलाई पराजित गरेको थियो ।

बायर्नको सहज जितमा जमल मुसिएला र थोमस मुलरले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो । एलिएन्ज एरिना म्युनिखमा आइतबार राति भएको खेलको २०औं मिनेटमा साडियो मानेले गोल गरेपनि अफसाइड ठहरिदा उनको गोलले मान्यता पाएन ।

३३औं मिनेटमा जमलले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाए । उनले थोमस मुलरको पासमा गोल गर्न सफल भएका थिए । पहिलो गोलको लागि असिस्ट दिएका मुलरे ४४औं मिनेटमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । मुलरले योसुवा किम्मिखको पासमा गोल गर्न सफल भएका थिए ।

दोस्रो हाफमा पनि बायर्नले पाहुना टोलीलाई लगातार दवावमा राखेपनि थप गोल गर्न नसक्दा पहिलो हाफको गोल नै बायर्नको जितमा पर्याप्त बन्यो ।

यो जितसँगै बायर्न २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान ६ अंक नै रहेपनि बोरुसिया डर्टमुन्ड गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ । पराजित वल्फवर्ग १ अंक जोडेर १५औं स्थानमा छ ।

बुन्डेसलिगाकै अर्काे खेलमा माइन्ज र युनियन बर्लिनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । समान ४ अंक जोडेपनि बर्लिन पाँचौ तथा माइन्ज छैटौं स्थानमा रहेको छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.