default_image

2 years ago

August 15, 2022

रियल म्याड्रिडको विजयी सुरुवात

163 views

0 Bookmark

एजेन्सी – साविक विजेता रियल म्याड्रिडले नयाँ सिजनको स्पेनिस ला लिगामा विजयी शुरुवात गरेको छ । १–० ले पछि परेको स्थिति उल्ट्याएर रियलले घरेलु टोली अल्मेरियामाथि २–१ को पूनरागमन जित निकाल्दै रियलले विजयी शुरुवात गरेको हो ।

रियलको पूनरागमन जितमा लुकास भास्क्वेज र डेभिड अलाबाले गोल गरे । अल्मेरियाका लार्जी रमाजानीले गोल सान्त्वना बन्यो ।

अल्मेरियामा आइतबार राति भएको खेलको छैटौं मिनेटमा रमाजानीको गोलबाट रियल खेलमा पछि परेको थियो । इनिगो इगुआरासले दिएको चलाखीपूर्ण पासलाई रमाजानीले अफसाइड बिट ट्रयाप गर्दै वान भर्सेस वानको स्थितिमा सहज फिनिस गरेका थिए ।

एक गोलले पछि परेपछि आक्रमक देखिएको रियलले त्यसपछि लगातार आक्रमण बुनेपनि बराबरी गोल फर्काउन सकेन । आठौं मिनेटमा फेडे भाल्भेर्डेको प्रयास सफल भएन । नवौं मिनेटमा भाल्भेर्डेकै प्रयासमा गोलरक्षक फर्नान्डो मार्टिनेज बाधक बने । लगत्तै भिनिसियस जुनियरको पासमा कप्तान बेन्जेमाको बक्सभित्रको प्रहार आकासिदा रियल बराबरीबाट चुक्यो ।

११औं मिनेटमा एन्टेनियो रुडिगरको प्रयास डिफेन्डरलाई लाग्दै बाहिरियो । १६औं मिनेटमा भेल्भेर्डे पुनः चुके । ३७औं मिनेटमा भिनिसियस वान भर्सेस वानकै स्थितिमा चुके । ४३औं मिनेटमा लुकास भास्क्वेजले गोल गरेपनि उनको गोलले मान्यता पाएन । टोनी क्रुसले दुई डिफेन्डरलाई बिट गर्दै दिएको क्रसलाई भास्क्वेजले भलीमार्फत गोल गरेपनि उनी अफसाइड पोजिसनमा रहेका थिए ।

घरेलु टोलीविरुद्ध लगातार आक्रमण बुनेको रियलले ६१औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो । भिनिसियसको प्रयास रिवाउन्ड भएर फर्कदा बेन्जेमाले मिलाइदिएको पासलाई भास्क्वेजले १० यार्डबाट सहज गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि डिफेन्डर अलाबाले मैदान छिर्ने बित्तिकै फ्रिकिकमा गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । फर्लान्ड मेन्डीको स्थानमा मैदान छिरेका अलाबाले पहिलो टचमै गोल गर्न सफल भएका हुन् । लुका मोड्रिचलाई फउल गरेपछि रियलले निकै राम्रो ठाउँमा फ्रिकिक पाएको थियो । अलाबाको फ्रिकिक टप कर्नरमा पोलमा लाग्दै गोलमा परिणत भएको थियो ।

त्यसपछि थप गोल निस्कन नसक्दा रियल विजयी शुरुवात गर्न सफल भयो । जितपछि रियलले ३ अंक जोडेको छ । अल्मेरियाले अंक जोड्न सकेको छैन ।

ला लिगाकै अर्काे खेलमा जापानी मिडफिल्डर ताकेफुसा कुवोको गोलमा रियल सोसिडाडले क्याडिजलाई १–० ले पराजित गरेको छ । यस्तै भ्यालेन्सियाले जिरोनालाई १–० ले नै पराजित गरेको छ ।

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.