8 years ago
December 18, 2016
एजेन्सी (जापान) – जापानी क्लब काशिमा एन्टलर्सलाई ४-२ले पराजित गर्दै रियल म्याड्रिडले फिफा क्लब विश्वकपको उपाधि जितेको छ।
निर्धारित ९०मिनेटको समय २-२गोलमा सकिएपछि खेल अतिरिक्त तिस मिनेटतर्फ लम्बिएको थियो। बेन्जेमाको गोलले अग्रता लिएको म्याड्रिड शिबासाकिले २ गोलगरेपछि २-१ले पछि परेको थियो। रोनाल्डोले ६०औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
अतिरिक्त समयको ९७औं र १०४औं मिनेटमा गोल गर्दै रोनाल्डोले ह्याट्रिक पुरा गरे र साथसाथै टोलीलाई ४-२को जित दिलाए।
December 26, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको एन्फा यू१६ लिगका लागि थ्री स्टार क्लबले आफ्नो समर्थकबाट प्रायोजन पाएको छ । लामो समयदेखि क्लबको समर्थन गर्दै आएका हाल अष्ट्रेलिया निवासी अरुण तिवारीले क्लबको यू१६ टोलीलाई आफ्नो कम्पनि सिल्भर रे रिअल्टिमार्फत प्रायोजन गरेका हुन् । थ्री स्टारले आफ्नो सामाजिक संजालमार्फत प्रायोजन […]
December 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्याब्सन बुढानिलकण्ठ र ए डिभिजन टोली हिमालयन शेर्पा क्लबबीच ग्रासरुट फुटबल कार्यक्रम संचालनका लागि सम्झौता भएको छ । स्थानीय स्तरमा फुटबल खेलकुदको प्रवर्द्धन र नयाँ प्रतिभाको पहिचानका लागि बिहीवार सम्झौता भएको हो। सम्झौताअनुसार, बुढानिलकण्ठ नगरपालिका भित्रका विद्यालयका बालबालिकालाई लक्षित गरी फुटबल प्रशिक्षण कार्यक्रम संचालन हुने बताइएको छ । बालबालिकाहरूमा फुटबल खेलप्रति रुचि […]
December 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका वडा १३ को संयुक्त आयोजनामा दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । जावलाखेलको फुटबल मैदानमा पुस २२ गते सुरु हुने प्रतियोगितामा २२ टोलीको सहभागिता निश्चित गरिसकेको बुधवार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष निरज खड्काले जानकारी गराए । ३२ टोली सहभागी […]