default_image

2 years ago

August 14, 2022

‘रियल म्याड्रिड बालोन डि’ओरको मेसिन हो’ – एमबाप्पे

152 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले स्पेनिस क्लब रियल म्याड्रिड बालोन डि’ओरको मेसिन रहेको बताएका छन् ।

यसवर्षको बालोन डि’ओरको शीर्ष ३० को मनोनयनमा परेका एमबाप्पेले यसपाली आफ्नो फ्रान्सेल सहयात्री करिम बेन्जेमाले अवार्ड जित्न सक्ने समेत बताएका छन् । ‘बेन्जेमाले यसपालीको बालोन डि’ओर जित्ने सम्भावना छ । म उनीलाई नै रोज्नेछु,’ एमबाप्पेले भने, ‘मेरो शीर्ष तीन म, बेन्जेमा र साडियो माने हो । बेन्जेमाले ३४ वर्षको उमेरमा पनि गज्जवको प्रदर्शन गरेका छन् । उनी च्याम्पियन्स लिगको हरेक खेलमा निर्णायक बने । यदि बेन्जेमाले यसपटक बालोन डि’ओर जित्न सकेन भने म यो अवार्डको कहिल्यै पनि विश्वास गर्दिन ।’

एमबाप्पेले रियल म्याड्रिडका थप्रै खेलाडीले यो अवार्ड जितेको भन्ने पनि बताएका छन् । ‘रियल म्याड्रिड बालोन डि’ओरको मेसिन हो, तपाईले यसलाई स्वीकार गर्नुपर्छ,’ एमबाप्पेले भने ।

एमबाप्पेले आफू पनि कुनै जित यो अवार्ड जित्न सक्ने समेत बताएका छन् । ‘म आफ्नो ठाउँमा रहनुपर्छ, तर म विश्वस्त छु कि एक दिन म पिएसजीमा हुँदा बालोन डि’ओर जित्न सक्छु,’ एमबाप्पेले भने, ‘सबैको लक्ष्य क्लबबाट धेरैभन्दा धेरै उपाधि जित्ने नै हो । त्यसपछि मात्रै व्यक्तिगत विधामा ध्यान जान्छ । हाम्रो ध्यान अहिले नै बालोन डि’ओरमा छैन । हामी अहिले टिममै केन्द्रित छौं तपाई इमान्दार हुनुहुन्छ भने यसले पनि फरक पार्नेछ ।’

‘पहिले शीर्ष शीर्ष १० मा पुगिरहेको हुन्थे । अहिले शीर्ष चार वा पाँचमा परेको छु । यसमा खुसी छु,’२३ वर्षीय एमबाप्पेले थपे ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.