9 years ago
September 16, 2015
भाद्र ३०, काठमाडौँ
एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित खेलमा लुम्बिनिले खेलको २५औं मिनेटमा कमल श्रेष्ठको गोलबाट अग्रता लिएको थियो छोटो कर्नरलाई सदुपयोग गर्दै विश्वास र कमलको एक आपसमा गरेको पासमा कमलले बक्सको भित्रबाट गरेको प्रहार सुदुरको कप्तान विरेन्द्रले ठन्याउन सकेनन् |
पहिलो हाफमा १-० पछि परेको सुदुरले ५२औं मिनेटमा पेनाल्टिमा गोल फर्कायो | कालु थापाले बक्सभित्र हातले बल छोएपछि यु१९का कपतान विमलले पेनाल्टिमा गोल गरेका थिए |
यसअघि खेलको १२औं मिनेटमा हेमन्त थापा मगरको पेनाल्टी लुम्बिनिका कप्तान दिलिप क्षेत्रीले रोकेका थिए| विमल वस्नेतले विमल घर्ति मगरलाई वक्सभित्र लडाएपछि पाएको पेनाल्टि दिलिपले आफ्नो दाहिनेतिर डाइभ दिंदै उत्कृष्ट बचाउ गरे|
खेलको ५४औं मिनेटमा लुम्बिनीले विश्वास श्रष्ठलाई गुमाएको थियो| ५२औं मिनेटमा पहेंलो कार्ड पाएका विश्वासले दुई मिनेटपछि दोश्रो कार्ड पाएका थिए|
सुदन थापाले खेलको ८३औं मिनेटमा गोल गर्दै सुदुरलाई अग्रता दिलाए| तेज तामाङको पासमा उनको पहिलो बारमा हानेको सट किपर दिलिपको हातमा लागेर भित्र पसेको थियो |
खेलको अन्तिम मिनेटमा दिनेश राजवंशीले गोल गर्दै अग्रता दोब्बर पारे| अमितको क्रसमा दिनेशको पछिल्लो पोष्टको गोल दर्शनिय थियो |
विमल घर्ति मगरको पहिलो लिग गोलको सहायताले सुदुरपश्चिमले जारी राष्ट्रिय लिगमा लुम्बिनिलाई ३ -१ले हराएको छ | बिमल घर्ति मगर खेलका म्यान अफ द म्याच घोसित भए |
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले केपी ओली कप २०२५ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्पलेक्समा सम्पन्न विभागीय प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । नवयुगले खेलको १९ औं मिनेटमा गोल गर्दै […]
February 24, 2025
एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]