default_image

2 years ago

August 13, 2022

म्यानचेस्टर सिटीको फराकिलो जित

174 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लिगको दोस्रो खेलमा बर्नमाउथलाई फराकिलो अन्तरले हराएको छ ।

म्यानचेस्टर सिटीले घरेलु मैदान इतिहाद रंगशालामा ४-० को जित दर्ता गरेको हो । सिटीका लागि इल्काए गुन्डोगन, केभिन डे ब्रुएन र फिल फोडेनले १-१ गोल गरे । एक गोल भने आत्मघाती गोल रहयो ।

खेलको १९ औं मिनेटमा गुन्डोगनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए । उनले एर्लिङ हालान्डसँग वन टु पासको मुभपछि पेनाल्टी क्षेत्र भित्रबाट गोल गरेका थिए । ३१ औं मिनेटमा डे ब्रुएनले अग्रता दोब्बर परे । उनले बर्नमाउथको हाफको मध्य भागबाट बल अघि बढाउँदै पेनाल्टी क्षेत्र भित्रबाट आउटसाइड फुटले सुन्दर फिनिस गरे ।

३५ औं मिनेटमा डे ब्रुएनको पासमा फोडेनले चलाखीपूर्ण फिनिस गर्दै ३-० को अग्रता दिलाए । दोस्रो हाफको ७९ औं मिनेट जोआओ क्यान्सेलोको शक्तिशाली क्रस जेफर्सन लर्मालाई लाग्दै गोलमा परिणत भएपछि सिटी ४-० ले अघि बढ्यो ।

सिटीको यस जितसँगै २ खेलमा ६ अंक भएको छ । यसअघि सिटीले पहिलो खेलमा वेस्ट ह्यामलाई २-० ले पराजित गरेको थियो ।

त्यसअघि दिनको पहिलो खेलमा एस्टन भिल्लाले एभर्टनलाई २-१ ले पराजित गर्यो । घरेलु टोली भिल्लाले ड्यानी इंग्स र एमिलियानो बुएन्डियाले १-१ गोल गरे । भिल्लाकै लुकास डीग्नले गरेको आत्मघाती गोल एभर्टनको लागि सान्त्वना सिमित भयो ।

October 18, 2024

नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिपमा आज आयोजक नेपालले भुटानसँग खेल्दैछ । नेपाल जितबाट प्रतियोगिताको सुरूवात गर्ने दाउमा रहनेछ । छोटो तयारीका बाबजुद नेपाली टिमले उपाधि जित्ने लक्ष्य बनाएको छ। यसको लागि आज जितबाट सुरूवात गर्न जरूरी छ। दशरथ रङ्गशालामा साँझ ५:३० बजे हुने खेलमा नेपाललाई घरेलु दर्शकको साथ रहनेछ । आजको खेलमा नेपालकी […]

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

Success

Thank you for your time.