2 years ago
August 13, 2022
एजेन्सी – यो समरमा खेलाडी अनुबन्धमा आक्रमक देखिएको क्याटलान क्लब बार्सिलोनाले आज शनिबार घरेलु मैदानमा रायो भालेकानोसँग खेल्दै नयाँ सिजनको स्पेनिस ला लिगाको सुरुवात गर्दैछ ।
बार्सिलोना र रायो भालेकानोबीचको खेल क्याम्प नोउमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा बार्सिलोना रायो भालेकानोलाई पराजित गर्दै सिजनको सुखद सुरुवात गर्न चाहन्छ ।
बार्सिलोनाले शुक्रबार राति मात्रै यो समरमा अनुबन्ध गरेका ५ मध्ये ४ खेलाडीलाई ला लिगामा दर्ता गर्न सफल भएको छ । गोल मेसिन रोबर्ट लेवान्डोस्की, राफिन्हा, फ्रान्क केसी र आन्द्रेस क्रिस्टेन्सनले रायो भालेकानोविरुद्ध खेल्न पाउनेछन् । लेवान्डोस्की, राफिन्हा र आन्द्रेसले पहिलो रोजाईमै खेल्ने सम्भावना छ ।
यसबाहेक टोलीसँग गोलरक्षक मार्क आन्दर टेर स्टेगन, सर्जी रोबर्टाे, रोनाल्ड एराउजो, एरिक गार्सिया, जोर्डी अल्बा, गाभी, सर्जियो बुस्क्वेट्स, पेड्री र औसमाने डेम्वेले रहेका छन् । यस्नै अन्सु फाती, जेरार्ड पिके, स्यामुइल उम्टिटि, सर्जिनो डेस्ट, फ्रान्की डि जोङ, पिएर एमेरिक औबामेयाङ, मेम्फिस डिपाए र फेरान टोरेस पनि टोलीमा रहेका छन् ।
यता, रायो भालेकानो पनि बार्सिलोनालाई उसकै मैदानमा स्तब्ध पार्दै नयाँ सिजनमा सुखद् सुरुवात गर्न चहान्छ । टोलीसँग अनुभवी फरवार्ड राडामेल फल्काओ, अल्भारो गार्सिया, ओस्कार ट्रेजो, इसी पालाजोन, ओस्कार भालेन्टिन, फ्रान्सिस्को गार्सिया र स्टोल डिमिट्रिभेस्की रहेका छन् ।
यि दुई टोली हालसम्म १५ पटक प्रतिस्पर्धा गर्दा १३ खेल बार्सिलोनाले तथा २ खेल रायो भालेकानोले आफ्नो पक्षमा पारेको छ । पछिल्लो दुई खेलमा बार्सिलोनाले रायो भालेकानोलाई हराउन सकेको छैन ।
बार्सिलोना उक्त हारको श्रृंखला तोड्ने लक्ष्यमा रहँदा रायो सोही जितलाई निरन्तरता दिने योजनामा मैदान उत्रनेछ । पछिल्लो दुवै भेटमा रायोले बार्सिलोनालाई समान १–० ले स्तब्ध पारेको थियो ।
October 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राजेन्द्र तामाङले राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक पद गरेको बताएका छन् । महिला साफ च्याम्पियनसिपको फाइनलमा बुधवार बंगालादेशसँग २-१ ले पराजित भएपछिको पोस्ट म्याच कन्फ्रेन्समा अब राष्ट्रिय महिला टोली नहेर्ने बताएका हुन्। ‘अब महिला राष्ट्रिय टोली हेर्दिन’, उनले भने ,’सायद अब क्लब हेर्छु होला ।’ तामाङको नेतृत्वमा महिला टोलीले गत […]
October 30, 2024
सुबास हुमागाईं, काठमाडौं साविक विजेता बंगलादेशले घरेलु टोली नेपाललाई हराउँदै लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । दशरथ रंगशालामा बुधबार सम्पन्न फाइनलमा नेपाललाई २-१ ले हराउँदै बंगलादेशले उपाधि रक्षा गर्यो । बंगलादेशका लागि मोनिका चक्मा र ऋतु पोर्ना चक्माले १-१ गोल गरे । नेपालको लागि अमिशा कार्कीले बराबरी गोल फर्काएपनि नेपाल खेलमा […]
October 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र बंगलादेशबीच जारी फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले पहिलो हाफमा पाएको अवसर सदुपयोग गर्न सकेका छैनन् । सुरुवाती १० मिनेटमा नै दुवै टोलीको प्रहार क्रसबारमा लागेको थियो । बंगलादेशकी गोलरक्षक रुपना चक्माले आज लगातार गल्ती गरिरहेकी छिन् । खेलको पहिलो […]