2 years ago
August 13, 2022
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले नयाँ सिजनको स्पेनिस ला लिगाका लागि यसै समरमा क्लबमा आबद्ध गरेका पाँचमध्ये चार खेलाडीलाई ला लिगामा दर्ता गरेको छ ।
ला लिगाले बार्सिलोनाले यसै समरमा आबद्ध गरेका ५ मध्ये ४ नयाँ खेलाडी दर्ता भएको र लिग खेल्न योग्य भएको जनाएको छ । रोबर्ट लेवान्डोस्की, राफिन्हा, फ्रान्क केसी र एन्ड्रियस क्रिस्टेनसेन ला लिगामा दर्ता भएका हुन् ।
दर्ता भएका चारै खेलाडीले सिजनको पहिलो खेल खेल्न पाउनेछन् । डिफेन्डर जुल्स कुन्डे दर्ता भएका छैनन् । बार्सिलोनाले सिजनको पहिलो खेलमा शनिबार राति रायो भालेकानोविरुद्ध खेल्दै नयाँ सिजनको ला लिगाको शुरुवात गर्नेछ ।
फाइनान्सियल फेयर प्लेको कडाईको कारण बार्सिलोनालाई खेलाडी दर्ता गर्न समस्या भइरहेको छ । चरम आर्थिक समस्याको बाबजुत बार्सिलोनाले यो समरमा स्टार पाँच खेलाडी अनुबन्ध गरेको थियो । आर्थिक समस्या हुँदा समेत खेलाडी अनुबन्धमा आक्रामक देखिएपछि ला लिगाले बार्सिलोनामाथि अनुसन्धान गरेको थियो ।
यस्तै सम्झौता नविकरण गरेका औसमाने डेम्वेले र सजी रोबर्टाे पनि ला लिगामा दर्ता भएका छन् । कुन्डे दर्ताको लागि बार्सिलोनाले पारिश्रमिकमा व्यापक कटौती गर्न आवश्यक छ । कुन्डे दर्ताका लागि क्लबले क्लबको टेलिभिजन अधिकार र उनीहरुको मिडिया उत्पादनको शेयर बेच्ने योजनामा छ ।
शुक्रबार बार्सिलोनाले १ सय मिलियन युरोको अतिरिक्त २४.५ प्रतिशत बार्साको स्टुडियो बेचेका थिए । जसले ला लिगालाई सन्तुष्ट पार्न र बार्सिलोनालाई केही नयाँ खेलाडी दर्ता गर्न सहज भएको थियो ।
बार्सिलोनाले रोबर्ट लेवान्डोस्कीलाई जर्मन क्लब बायर्न म्युनिखबाट तथा राफिन्हालाई इंग्लिस क्लब लिड्स युनाइटेडबाट आबद्ध गरेका थिए । फ्रान्क केसीलाई इटालियन क्लब एसी मिलान र आन्द्रेस क्रिस्टेन्सेनलाई इंग्लिस क्लब चेल्सीबाट फ्रि ट्रान्सफरमा आबद्ध गरेको थियो । जुल्स कुन्डेलाई बार्सिलोनाले सेभियाबाट महँगो मुल्यमा अनुबन्ध गरेका थिए ।
December 16, 2024
हिमाल खरेल,बिर्तामोड उपाधिको दाबेदार मध्ये त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २-० ले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेश आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले […]
December 16, 2024
दिपक बोहोरा,पाँचथर पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको छ। फागुनमा प्रतियोगिता हुने भने पनि मिति भने पछि तय हुने बताइएको छ । सहभागी टोलीको लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले […]
December 16, 2024
एजेन्सी- स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनाले अंक दूरी बढाउने मौका चुकाएको छ। बार्सिलोना आइतबार घरेलु मैदानमा लेगानेससँग १-० ले पराजित भएको हो । चौथो मिनेट मै सर्जियो गोन्जालेजले गरेको गोल बार्सिलोनालाई हराउन पर्याप्त बन्यो । अर्को खेलमा एट्लेटिको मड्रिड विजयी हुँदै दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा गेटाफेलाई १-० ले हराउँदै एट्लेटिको रियल म्याड्रिडलाई […]