default_image

2 years ago

August 13, 2022

पहिलो खेलमै सेभियाको हार

156 views

0 Bookmark

एजेन्सी – सेभियाले स्पेनिस ला लिगाको नयाँ सिजनको पहिलो खेलमै हार बेहोरेको छ । सेभिया पहिलो खेलमै ओसासुनासँग २–१ ले पराजित हुन पुगेको हो ।

पाम्पलोनामा शुक्रबार राति भएको खेलमा ओसासुनाको जितमा इजिक्वेल एभिला र एइमज ओरोजले गोल गरे । सेभियाका राफा मिरले एक गोल फर्काए ।

खेलको नवौं मिनेटमा इजिक्वेल एभिलाको गोलबाट ओसासुनाले सुरुवाती अग्रता लिएको थियो । उनले रुवेन पेनाको पासमा गोल गर्न सफल भएका थिए । ११औं मिनेटमा राफा मिरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले एलेजान्द्रो गोमेजको पासलाई सदुपयोग गरेका थिए ।

त्यसपछि ७४औं मिनेटमा एयमज ओरोजले पेनाल्टीमा गोल गर्दै ओसासुनालाई २–१ ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा सेभिया पहिलो खेलमै स्तब्ध बन्न पुग्यो । यसै समरमा डिफेन्डर जुल्स कुन्डे ला लिगाको अर्काे क्लब बार्सिलोना पुगेपछि सेभियाको डिफेन्सलाइन केही कमजोर देखिएको छ । टोलीलाई उनको अभाव खड्किएको छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.