3 years ago
August 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले यो वर्षका लागि सहिद स्मारक ‘ए’, ‘बी’, ‘सी’ डिभिजन लिगको मिति तय गरेको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी असार ६ गते निर्वाचित एन्फाको कार्यसमितिको दोस्रो बैठकले ए डिभिजन लिग पुस ८ देखि चैत ४ गते सम्म सञ्चालन गर्ने तय गरेको जानकारी बैठकमा सहभागी एक पदाधिकारीले दिए ।
ए डिभिजन लिग सकिए लगत्तै चैत ६ देखि बी डिभिजन लिग सुरु हुनेछ । बी लिगका २०८० वैशाख १५ गते सम्पन्न हुनेछ । त्यस्तै सी डिभिजन लिग भने २०८० वैशाख १८ गतेबाट जेठ २७ गते सम्म आयोजना गर्ने एन्फाको योजना रहेको छ । गत वर्ष फागुनमा सम्पन्न ए डिभिजन लिगमा मछिन्द्र फुटबल च्याम्पियन बनेको थियो ।
‘सी’ डिभिजन छनोट असोजमा
एन्फाले सी डिभिजन लिग भने असोज १ देखि असोज ३० गते सम्म आयोजना गर्ने निर्णय गरेको छ । सोही बैठकले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण असोज २३ देखि मंसिर २ गते सम्म गर्न दिने निर्णय लिएको बताइएको छ । एनएसएल आयोजकसँग छलफलका लागि अध्यक्ष पंकजविक्रम नेम्वाङको संयोजकत्वमा समिति गठन भएको छ ।
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]