default_image

2 years ago

August 11, 2022

एनएसएल र पदपूर्तिका लागि समिति गठन

192 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को बुधबार सुरु भएको कार्यसमितिको दोस्रो बैठकको पहिलो सत्रमा साफ च्याम्पियनसिप, पदपूर्ति समिति र नेपाल सुपर लिग (एनएसएल) का विषयमा छलफल भएको छ ।

अर्को महिना आयोजना हुने महिला साफ च्याम्पियनसपको संयोजकको जिम्मेवारी संघका अध्यक्ष पंकजविक्रम नेम्बाङले एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का तोकिसकेका छन् । अन्य विषयमा बैठकले निर्णय लिएको एक पदाधिकारी जानकारी दिए ।

उपाध्यक्ष विराटजंग शाही, सदस्यद्वय मनीष जोशी र अनिल मल्ल रहेको समिति गठन भएको छ । त्यस्तै नेपाल स्पोर्टस् एण्ड इभेन्ट्स मेनेजमेन्टले आयोजना गर्ने एनएसएलका बारेमा निर्णय गर्न अध्यक्ष नेम्बाङको संयोजकत्वमा छुट्टै समिति गठन भएको बताइएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा दिउँसोको खानापछि पुनः बैठक सुरु भएको छ । बैठकमा विविधसहित २२ वटा एजेण्डामा छलफल हुँदैछन् ।

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.