3 years ago
August 10, 2022
एजेन्सी – यूईएफए सुपर कपमा बुधबार राति स्पेनिस क्लब रियल म्याड्रिड र जर्मन क्लब आइनट्राख्ट फ्रान्कफुर्ट प्रतिस्पर्धा गर्दैछन् । रियल म्याड्रिडले आजको खेल जितेमा सबैभन्दा धेरै सुपर कप जित्ने सूचीमा समावेश हुनेछ ।
हालसम्म बार्सिलोना र एसी मिलानले सर्वाधिक ५-५ पटक सुपर कप उपाधि जितेका छन् । बार्सिलोना ४ पटक उपविजेता हुँदा मिलान २ पटक उपविजेता भएको छ । रियल म्याड्रिड र लिभरपुलले ४-४ पटक उपाधि जितेका छन् । रियलसमक्ष आज उपाधि जित्दै बार्सिलोना र मिलानसँग शीर्ष सूचीमा समावेश हुने अवसर छ । रियल यसअघि सन् १९९८, २००० र २०१८ मा सुपर कपमा उपविजेता बनेको छ ।
आजको खेल फिनल्यान्डस्थित हेलसिंकीमा नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ । नयाँ सिजन सुरु हुनुअघि च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताबीच प्रतिस्पर्धा गर्ने प्रावधान छ । रियल च्याम्पियन्स लिग तथा फ्रान्कफुर्ट युरोपा लिग विजेता हो ।
रियलले इंग्लिस क्लब लिभरपुललाई तथा फ्रान्कफुर्टले स्कटिस क्लब रेन्जर्सलाई पराजित गर्दै उपाधि जितेको थियो । फ्रान्कफुर्टविरुद्ध मैदान उत्रदा रियल उच्च मनोबलका साथ मैदान उत्रदै सिजनको पहिलो उपाधि जित्ने लक्ष्यमा हुनेछ ।
टोलीसँग कप्तान करिम बेन्जेमा, भिनिसियस जुनियर, रोड्रिगो, इडेन हाजार्ड, लुका मोड्रिच, टोनी क्रुस, क्यासमिरो, फेडे भाल्भेर्डे, इडुआर्डाे कामाभिंगा, डेभिड अलाबा, फर्लान्ड मेन्डी, इडर मिलिसाओ, ड्यानी कार्भाजल र थिवाउट कोर्टुवा रहेका छन् ।
यस्तै यसै समरमा क्लबमा भित्रिएको एन्टेनियो रुडिगर र ओरेलिएन चुआमेनीले रियलबाट आधिकारिक डेब्यु गर्ने सम्भावना छ । यसबाहेक टोलीसँग मार्काे एसेन्सियो, लुकास भास्क्वेज र ड्यानियल सेवालोस पनि टोलीमा रहेका छन् । गत सिजन अग्रपङ्तिमा बेन्जेमा र भिनिको जोडी निक्कै जमेको थियो । चोटबाट फर्किएका हाजार्डबाट रियलले उच्च प्रदर्शनको अपेक्षा गरेको छ ।
यता, जर्मन क्लब फ्रान्कफुर्ट पनि रियललाई स्तब्ध पार्दे सिजनको पहिलो उपाधि जित्न चहान्छ । टोलीसँग राफायल सान्तोष बोर, दाइची कामदा, मारियो गोट्जे, सेवास्टिएन रुड, क्रिस्टोफोर लेन्ज, जिव्रिल सो, अन्सगर नाउफ, टुटा, अल्मामी टाउरे र गोलरक्षक केभिन ट्रयाप रहेका छन् ।
यि दुई टोली ६२ वर्षपछि भिड्न लागेका हुन् । १९६० मा ह्याम्पडेन पार्क ग्लास्गोमा भएको युरोपियन कपको फाइनलमा प्रतिस्पर्धा गरेका थिए । १० गोलको थ्रिलमा अलफ्रेडो डि स्टेफानोले ह्याट्रिक पूरा गर्दा रियल म्याड्रिड ७–३ ले विजयी भएको थियो ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]