2 years ago
August 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी मिडफिल्डर दीपा न्यौपोनले भारतको केरेला महिला लिग खेल्ने भएकी छन् । त्यसका लागि उनी बुधबार त्यसतर्फ जाँदैछिन् । दीपाले केरेला महिला लिग खेल्नका लागि डन बस्कोसँग दुई महिनाको सम्झौता भएको बताएकी छिन् ।
पुलिस क्लबमा ६ वर्षदेखि आबद्ध रहेकी दीपा अर्को महिना स्वदेशमा आयोजना हुने साफ च्याम्पिनसिपको पहिलो चरणको छनोटमा परेकी थिइन् । दीपाका अनुसार केरेला लिगमा १० वटा टोलीका रहेका छन् । त्यसको च्याम्पियन टोलीले महिला आइ लिगका लागि छनोट हुनेछ ।
देश बाहिर खेल्ने मौका पाउँदा खुसी लागेको दीपाले बताइएकी थिइन् । दीपाले खेल्ने क्लब केरेला लिगको साविक उपविजेता हो । केरेला लिग बुधबारबाटै सुरु हुँदैछ । त्यसको पहिलो खेलमा गोकुलम र केरेला एफसीबीच प्रतिस्पर्धा हुने बताइएको छ । गोकुलम केरेला र महिला आइ लिग दुवैको च्याम्पियन टोली हो ।
गोकुलमबाट नेपाली महिला टोली तथा एपिएफकी फरवार्ड सावित्रा भण्डारी खेल्दैछिन् । दुई वर्षअघि गोकुलम आइ लिग च्याम्पियन हुँदा सावित्रा सर्वाधिक गोलकर्ता बेनकी थिइन् । डन बोस्कोले पहिलो खेल बिहीबार लड्र्स पिआरविरुद्ध खेल्नेछ ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]