default_image

2 years ago

August 9, 2022

अन्जनसहित २६ खेलाडीलाई डाक्न अल्मुताइरीको आग्रह

267 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले २६ खेलाडीलाई प्रशिक्षणमा डाक्न अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्राचार गरेका छन् ।

अल्मुताइरीले भदौ २५ गतेबाट प्रशिक्षण सुरु गर्ने र त्यसका लागि आवश्यक प्रबन्ध मिलाइदिन महासचिव किरण राईमार्फत एन्फासँग आग्रह गरेका छन् । अल्मुताइरीले जेठमा कुवेतमा एसियन कप छनोट खेल्दाका २० खेलाडी र थप ६ गरि २६ खेलाडी प्रशिक्षणमा बोलाइदिन आग्रह गरेको श्रोतले बतायो । एसियन कप छनोट खेल्दा टोलीमा रहेका सन्तोष तामाङ र कुवेतविरुद्ध गोल गरेको दर्शन गुरुङ अष्ट्रेलिया पुगिसकेका छन् । एसियन कप छनोटमा रहेका यू २० का कप्तान आयुष घलानलाई अल्मुताइरीले बोलाएका छैनन् ।

अष्ट्रेलियामै रहेका जगजित श्रेष्ठसहित आफैले वैशाखमा क्याम्पबाट निकालेका अन्जन विष्ट, तेज तामाङसहित दीनेश हेम्जन र मनीष मगरलाई प्रशिक्षणमा बोलाउन अल्मुताइरीले आग्रह गरेका छन् । कुवेतमा एसियन कप छनोट खेलेपछि ३ महिनाको विदामा अल्मुताइरी उतै बस्दै आएका छन् ।

अल्मुताइरीले आफ्नो प्रशिक्षण टोलीमा भने पुरानै टोलीको निरन्तरता समेत चाहेको पत्रमा प्रष्ट उल्लेख गरेको बताइएको छ । आफ्ना सहायक प्रशिक्षकमा किरण श्रेष्ठ, गोलकिपर प्रशिक्षकमा विकास मल्ल, मिडिया अफिसरमा विवेक सुवेदी र किट्स व्यवस्थापकमा विकास गुरुङलाई राख्न भनेका छन् । फिजियोमा भने उनले अजय श्रेष्ठको नाम सिफारिस गरेको बुझिएको छ ।

अल्मुताइरीले नयाँ व्यवस्थापक पनि नियुक्त गर्न उनले एन्फालाई आग्रह गरेका छन् । यसअघि मधुसुदन उपाध्याय राष्ट्रिय टोलीको व्यवस्थापक थिए । अल्मुताइरीले प्रशिक्षणका दौरानका लागि खेलाडीका लागि होटल, किट्स र अन्य आवश्यक सामाग्री व्यवस्था गर्न पनि एन्फालाई आग्रह गरेको बताइएको छ ।

अल्मुताइरीले प्रशिक्षणमा डाक्न एन्फालाई आग्रह गरेका खेलाडी
एसिया कप छनोट टोलीमा रहेका २१ खेलाडी
एरिक विष्ट, विकास खवास, विकास तामाङ, विशाल सुनार, दीप कार्की, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, मनीष डाँगी, नवयुग श्रेष्ठ, नीरकुमार राई, पुजन उपरकोटी, राजन गुरुङ, रोशन राना मगर, सेसेहाङ आङदेम्बे, शिव गुरुङ, सुमन अर्याल, सुनिल बल, तेकेन्द्र सिंह थापा, सुरज ज्यू ठकुरी, आकाश बुढा मगर,

यसअघि राष्ट्रिय टोलीमा नभएका र प्रशिक्षणमा थपिएका ६ जना
अन्जन विष्ट, तेज तामाङ, दीनेश हेम्जन, जगजित श्रेष्ठ,मनीष मगर,प्रशान्त अवस्थी

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.