default_image

2 years ago

August 9, 2022

फाइनलमा रियलको दबदबा – ८ वर्षमा १६ उपाधि

172 views

0 Bookmark

एजेन्सी – थुप्रै आरोह र अवरोह खेपेपनि स्पेनिस महारथी रियल म्याड्रिड सन् २०१४ यता उत्कृष्ट लयमा रहेको मान्न सकिने धेरै आधार छ ।

प्रशिक्षक कार्लाे एन्सेलोटीको प्रशिक्षणमा सन् २०१४ मा रियलले १८ फाइनल खेल्दा १६ उपाधि हात पारेको तथ्यले पनि रियल उत्कृष्ट सिजनमा रहेको देखाउँछ । २०१४ मा रियलले क्याटलान क्लब बार्सिलोनालाई हराएर कोपा डेल रेको उपाधि जितेको थियो । त्यस खेलमा वेल्सका ग्यारेथ बेलको गोलको निकै चर्चा भएको थियो । उनले मैदानको मध्यभागबाटै एकल प्रयासमा अविश्वनीय गोल गर्न सफल भएका थिए ।

त्यही वर्ष रियलले १२ वर्षपछि च्याम्पियन्स लिगको उपाधि जितेको थियो । त्यतिबेला रियलले १०औं पटक च्याम्पियन्स लिग जित्न सफल भएको थियो । यो गौरवशाली चक्रको शुरुवात थियो, जुन ८ वर्षपछि अझै बलियो भइरहेको छ ।

हेलसिंकीमा आइनट्राख्ट फ्रान्कफुर्टविरुद्ध रियलले यसै साता आफ्नो पाँचौ युरोपियन सुपरकप खेल्दैछ । २०१४ को कोपा डेल रेको फाइनलमा बार्सिलोनाविरुद्ध ग्यारेथ बेलको गोलपछि रियल १७औं फाइनल जित्ने लक्ष्यमा छ । यो अवधिमा एट्लेटिको म्याड्रिडले मात्रै रियललाई फाइनलमा हराउन सकेको छ ।

सन् २०१४ को स्पेनिस सुपर कप र २०१८ को युरोपियन सुपर कपमा छिमेकी एटलेटिकोले रियललाई हराएको थियो । लुइस एरागोनेसले एक पटक भनेका थिए, ‘रियल म्याड्रिडले फाइनल खेल्दैन, जित्छ पनि ।’ उनको यो भनाईले विगत एक दशकमा रियललाई मेल खाएको छ । युरोपका अन्य क्लबहरुले फाइनलमा कसरी प्रदर्शन गरेका छन् भन्ने बारे यहाँ चर्चा गरिएको छ ।

बार्सिलोना – १५ फाइनलमा १० जित

सन् २०१४ मा कोपा डेल रेमा बार्सिलोनालाई हराएर फाइनलमा रियल म्याड्रिडले दबदबा शुरु गरेको भन्न सकिन्छ । त्यसयता बार्सिलोनाले पाँच फाइनलमा हार बेहोरेको छ । ति मध्ये तीन स्पेनिस सुपरकोपा र दुई कोपा डेल रे हुन् । युरोपेली र अन्तर्राष्ट्रिय स्तरमा बार्सिलोनाले २०१५ मा च्याम्पियन्स लिग जितेयता फाइनलसम्म पुग्न सकेको छैन ।

एट्लेटिको म्याड्रिड – ६ फाइनलमा ३ जित

लिस्वन र मिलानमा भएको च्याम्पियन्स लिगको फाइनलमा दुवै फाइनलमा शहरी प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई हराउन सकेको भए एट्लेटिको म्याड्रिडको कथा फरक हुने थियो । २०१४ मा रियलसँग हारेपछि एट्लेटिकोले पाँच फाइनल खेलेको छ, जसमा दुई सुपर कप (२०१४ मा सुपरकोपा र २०१८ मा युइएफए सुपर कप) जितेको छ भने तीनमा हार बेहोरेको छ । दुई च्याम्पियन्स लिग र एक स्पेनिस सुपर कोपामा एट्लेटिकोले हार बेहोरेको छ । एट्लेटिकोले २०१८ मा युरोपा कप जितेको थियो ।

सेभिया – १२ फाइनल चार उपाधि

युरोपा लिगको फाइनलमा अविस्मरणीय कीर्तिमान बनाएको सेभियाले अहिलेसम्म युइएफए सुपर कप जित्न सकेको छैन । सेभियाले पछिल्लोपटक सन् २००६ मा युइएफए कप जितेको थियो । सेभियाले युइएफए सुपरकपमा ५ पटक पराजय भोगेको छ । २०१४ यता सेभियाले १२ फाइनल खेल्दा केवल चार युरोपा लिगको उपाधि जितेको छ । यसबाहेक दुई कोपा डेल रे र सबै ६ सुपर कप गुमाएको छ ।

एथलेटिको बिल्वाओ – ६ फाइनल दुई उपाधि

एथलेटिक बिल्वाओले सन् २०१४ यता ६ फाइनल खेलेको छ । ती मध्ये बिल्वाओले तीन कोपा डेल रे फाइनल गुमायो । स्पेनिस सुपर कपमा बिल्वाओले दुई पटक बार्सिलोनालाई हराएर उपाधि जित्दा रियलसँग भने पराजित हुन पुग्यो ।

बायर्न म्युनिख – १७ फाइनलमा १३ जित

जर्मन महारथी बायर्न म्युनिखले रियल म्याड्रिडविरुद्ध कहिल्यै युरोपेली फाइनल खेलेको छैन, तर २०१४ यता बायर्नले रियलसँग दुईपटक सेमिफाइनल र एकपटक क्वाटरफाइनलमा गरी तीन हार बेहोरेको छ । यस समयमा बायर्नले १७ फाइनलमध्ये चार हार बेहोरेको छ । तीन जर्मन सुपरकप (सबै बोरुसिया डर्टमुन्डसँग) र डिएफवी पोकलमा आइनट्राक्ट फ्रान्कफर्टसँग हार बेहोरेको छ ।

लिभरपुल १२ फाइनलमा ६ जित

योर्गेन क्लोप लिभरपुल आएयता, टोलीले च्याम्पियन्स लिगको दुई फाइनलमा पराजित भएको छ । जसमा दुवैपटक रियल म्याड्रिड नै प्रतिद्वन्द्वी थियो । लिभरपुल सन् २०१८ र २०२२ मा रियलसँगै पराजित भएको थियो । सन् २०१४ यता, लिभरपुलले दुईपटक कम्युनिटी शिल्ड (म्यानचेस्टर सिटी र आर्सनल) र एकपटक लिग कपमा सिटीसँग हार बेहोरेको छ । यस्तै लिभरपुलले सन् २०१६ को युरोपा लिगमा सेभियासँग हार बेहोरेको थियो ।

म्यानचेस्टर सिटी – १३ फाइनलमा ९ जित

च्याम्पियन्स लिग जित्न नसकेको इंग्लिस क्लब म्यानचेस्टर सिटी इङ्ल्यान्डको घरेलु लिगको उपाधिमै रमिरहेको छ । २०१४ यता, सिटीले एक एफए कप जित्यो । पाँच कम्युनिटी शिल्ड खेल्दा दुई जित र तीन हार बेहोरेको छ । लिग कपमा भने ६ फाइनलमा ६ नै जितेको सिटी अर्काे प्रिमियर लग क्लब चेल्सीसँग च्याम्पियन्स लिगको फाइनलमा पराजित भएको छ ।

पिएसजी – २२ फाइनलमा १९ जित

फ्रान्सको अर्को क्लब पिएसजी युरोपियन च्याम्पियन बन्न चाहन्छ । पिएसजी २०२० मा फाइनलमा पुगेपनि बायर्न म्युनिखसँग पराजित भयो । फ्रान्समा पिएसजीको वर्चश्व कायम छ । तर उनीहरूले तीन फाइनल हारेका छन् । गत वर्षको सुपर कप र २०१९ मा फ्रेन्च कपमा हार बेहोरे । पिएसजीले यो सिजनको सुपर कप जितसँगै २०२२–२३ सिजनको सुरुवात गरिसकेको छ ।

चेल्सी – १५ फाइनलमा ६ जित

२०२१ मा युरोपको च्याम्पियन चेल्सीले युरोपियन सुपर कप (भिल्लारियल विरुद्ध, पेनाल्टीमा) र क्लब विश्वकप (पाल्मेरास, अतिरिक्त समयमा) जित्न सकेन । क्लबले सन् २०१९ मा युरोपा लिग पनि जित्यो । २०१४ यता, चेल्सी धेरैपटक फाइनलमा पुगेपनि जितभन्दा हारको नतिजा धेरै आएको छ ।

युभेन्टस – १७ फाइनलमा ८ जित

च्याम्पियन्स लिगमा असफल भएपछि युभेन्ट्सले फेरि इटालीमा आफ्नो प्रभुत्व कायम गर्न खोजिरहेको छ । दुई पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेपनि दुवैपटक स्पेनिस क्लबसँग हार बेहोर्न पुगेको थियो ।

December 19, 2024

लिभरपुल,आर्सनल र न्युक्यासल सेमिफाइनलमा

एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्‍यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]

December 19, 2024

रियल म्याड्रिडले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं‌ मिनेटमा पोस्टको […]

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

Success

Thank you for your time.