default_image

2 years ago

August 7, 2022

बन्द प्रशिक्षणका लागि ४५ खेलाडी छनोट

203 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू–१७ राष्ट्रिय टोलीका लागि ४५ खेलाडीलाई बन्द प्रशिक्षणमा छनोट गरेको छ ।

दुई साताअघि देखि खुल्ला छनोटमार्फत एन्फाले ७ सय बढी खेलाडीबाट प्रारम्भिक चरणमा ६० खेलाडीलाई छनोट गरेको थियो । गत बुधबारदेखि भएको छनोट चरणबाट एन्फाले प्रारम्भिक चरणमा रहेका ६० खेलाडीबाट १५ खेलाडीलाई बाहिर राख्दै बन्द प्रशिक्षणमा ४५ खेलाडी छनोट गरेको हो ।

पछिल्लो समय एन्फाको आफ्नै एकेडेमी चुस्त नभएपछि एन्फाले खुल्ला छनोटमार्फत खेलाडी छनोट गर्दै आइरहेको छ । यू–१७ टोलीको मुख्य प्रशिक्षकमा ‘ए’ डिभिजन टोली थ्री स्टार क्लबका प्रशिक्षक उर्जन श्रेष्ठ रहेका छन् ।

नेपाली युवा टोलीले एक महिनापछि श्रीलंकामा भदौ २० देखि भदौ २९ सम्म हुने यू–१७ साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछ । नेपाल रहेको समूह ‘बी’ मा भारत र भुटान रहेका छन् ।

दोस्रो चरणमा छानिएका नेपाली यूवा टोली

अभिषेक थोकर, अंकित गुरुङ, असिम जंग कार्की, बिक्रम तामाङ, विनोद केसी, धन सिंह विक, धिरज विक, दिपक थापा मगर, दोलक बहादुर थापा मगर, गौरव महर्जन, हरिश भट्ट, जन प्रकाश बम, कृशल मोक्तान, कुशल देउवा, लक्षु थापा, मदन पौडेल, मानव पोखरेल, मार्सल शाही, मिरक लिङ्देन, मुकेश घर्ती, निखेल सुनार, निराजन धामी, निर्देश राई, निरज कार्की, निशान्त तामाङ, , पाल्देन गुरुङ, प्रशान्त लक्षम, प्रिभिअस सुनवार, प्रितम कार्की, राहुल बेलबासे, रितेश थापा मगर, रुविन बोगटी, समिर चन्द, समिर तामाङ, सरोज दर्लामी, सिजल राई, सिमन्त थापा, सोहन स्याङ्तान, सुवास गुरुङ, सुविन खड्का, सुजत डंगोल, सुजत खड्का, सुशिल तामाङ, युनिश बुढाथोकी र युनिस मगर

December 16, 2024

आर्मी झापा कपबाट बाहिरियो, सलहेश सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड उपाधिको दाबेदार मध्ये त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २-० ले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेश आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले […]

December 16, 2024

पाँचथर गोल्ड कप फागुनमा हुने

दिपक बोहोरा,पाँचथर पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक‌ विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको‌ छ। फागुनमा प्रतियोगिता हुने भने पनि मिति भने पछि तय हुने बताइएको छ । सहभागी टोलीको लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले  […]

December 16, 2024

बार्सिलोना पराजित, एट्लेटिको दोस्रो स्थानमा

एजेन्सी- स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनाले अंक दूरी बढाउने मौका चुकाएको छ। बार्सिलोना आइतबार घरेलु मैदानमा लेगानेससँग १-० ले पराजित भएको हो । चौथो मिनेट मै सर्जियो गोन्जालेजले गरेको गोल बार्सिलोनालाई हराउन पर्याप्त बन्यो । अर्को खेलमा एट्लेटिको मड्रिड विजयी हुँदै दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा गेटाफेलाई १-० ले हराउँदै एट्लेटिको रियल म्याड्रिडलाई‌ […]

Success

Thank you for your time.