default_image

2 years ago

August 7, 2022

बैठकमा चार एजेण्डा थप्न एन्फा सदस्य लामाको माग

212 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को साउन २६ गतेका लागि तय भएको बैठकमा चार वटा एजेण्डा थप गर्न केन्द्रिय सदस्य पेमा डोल्मा लामाले माग गरेकी छन् ।

एन्फा महिला समितिकी अध्यक्ष समेत रहेकी लामाले एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङलाई सम्बोधन गर्दै कार्यसमिति बैठकमा एजेण्डा थपका लागि महासचिव किरण राई मात्र निवेदन बुझाएकी छन् । शुक्रबार बुझाएको निवदेनमा पुरस्कार राशी, महिला नकआउट फुटबल प्रतियोगिता, ग्रासरुट तथा महिला फुटबल एकेडेमी सञ्चालन तथा फिफा डेमा राष्ट्रिय महिला टिमको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका विषयमा एजेण्डा थप्न माग गरेकी हुन् ।

शुक्रबार नै दुई उपाध्यक्षसहित सात जनाले एन्फाका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाँडेलाई बर्खास्त गर्ने आफूको निवेदनलाई बैठकमा एजेण्डाका रुपमा प्रवेश गराउनुपर्ने उनीहरुको माग छ । यसअघि एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित १३ जनाले पाँडेलाई बर्खास्त गर्नका लागि संयुक्त रुपमा निवेदन दर्ता गराएका थिए ।

बर्खास्तीको निवेदनलाई एजेण्डामा समावेश गर्न माग गर्नेमा उपाध्यक्षद्वय विराटजंग शाही अर्का उपाध्यक्ष दीपक खतिवडा, सदस्यहरु महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, सरिला श्रेष्ठ, रविन्द्र चन्द ठकुरी र रमेश ब्यञ्जनकार रहेका छन् । एन्फाले साउन १७ गते २६ गते कार्यसमितिको बैठक बस्ने जानकारी दिएको थियो । असार ६ गते निर्वाचित कार्यसमितिको दोस्रो पटक दुई पटक स्थागित भइसकेको छ । पहिलो बैठक असार ८ गते बसेको थियो ।

साउन २ गतेका लागि बोलाइएको बैठक अध्यक्ष नेम्बाङ अस्वस्थ भएका कारण स्थगित भएको थियो । त्यसपछि साउन ५ गतेका लागि डाकिएको बैठक एजेण्डामा नै प्रवेश नगरि अध्यक्ष नेम्बाङले स्थगित गरेका थिए । वरिष्ठ उपाध्यक्ष खड्कासहित पदाधिकारी र सदस्यहरुले उपस्थितिमा दस्तखत गर्नुअघि एजेण्डामा छलफल गर्नुपर्ने माग राखेपछि बैठक अघि बढ्न सकेको थिएन । उपस्थितिमा सहि गर्न उनीहरु तयार नभएपछि नेम्बाङले बैठक स्थगित गरिएको बताएको थियो ।

लामा र ७ जनाको अलग अलग निवेदन प्राप्त भएको एन्फा महासचिव राईले जानकारी दिए । यसरी परेका निवेदनका एजेण्डालाई समावेश गर्ने नगर्ने निर्णय अध्यक्षले लिने पनि राईले जानकारी दिए । ‘सदस्य लामाको निवेदन मैले प्राप्त गरिसकेको छु । अर्को निवेदन इमेल मार्फत आएको जानकारी पाएको छु,’ राईले भने, ‘अध्यक्ष ज्यूको निर्देशन अनुसार दुई निवेदनका आधारमा एजेण्डा थप्ने अवस्था आएमा कार्यसमितिको बैठकको ३ दिन अघि पदाधिकारी र सदस्यहरुलाई जानकारी पठाइनेछ ‘।’

पाँडेको बर्खास्ती अहिले एन्फाका लागि पेचिलो बनेको छ । पहिलो बैठकले पाँडेलाई अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नियुक्त गर्दा भने कार्यसमितिका १९ जनाले नै समर्थन गरेका थिए । सोही बैठकले राईलाई एन्फा महासचिव र रविन्द्र जोशीलाई कोषाध्यक्ष नियुक्त गरेको थियो । एक महिना पनि नबित्दै कार्यसमितिका बहुमत पदाधिकारी र सदस्यहरु आफ्नै निर्णयविरुद्ध उभिएका छन् ।

दोस्रो कार्यसमिति बैठकमा विविधसहित १८ वटा यसअघि नै तय भएको एण्जेडामा छलफल हुने एन्फाले जनाएको थियो । त्यसमा एन्फा सहायक महासचिव र प्रवक्ताको नियुक्ती चासोका साथ हेरिएको छ । विधानको व्यवस्था अनुसार केन्द्रिय समितिले ३ सहायक महासचिव, प्रमुख कार्यकारी अधिकृत (सिइओ), प्रवक्ता नियुक्त गर्न पाउने प्रावधान छ ।

दोस्रो बैठकका लागि सुरुवातमा विविधसहित १२ वटा एजेण्डा तय गरेको थियो । त्यसमा उपाध्यक्ष दीर्घबहादुर (कुमार) केसी ५ र अर्का उपाध्यक्ष दीपक खतिवडाले एउटा एजेण्डा थप गर्न माग गरेपछि १८ एजेण्डा पुगेको थियो । एन्फामा २१ सदस्यीय एन्फा कार्यसमितिले पूर्णता पाइसकेको छैन ।

असार ६ गते भएको निर्वाचनबाट ६ पदाधिकारीसहित १९ जना निर्वाचित गरेको थियो । १३ खुला सदस्यका लागि भएको निर्वाचनमा ११ जनाले निर्वाचत भएका थिए । त्यसमध्ये २ सदस्य पदका लागि ४ जनाको मत बराबरी भएपछि विशेष साधारण सभाबाट निर्वाचित गर्ने एन्फाले जनाएको थियो ।

एउटै प्यानलबाट निर्वाचित भएका पनि पाँडेको बर्खास्तीका विषयमा पदाधिकारी र सदस्यहरु अलग अलग समूहमा विभाजित भएका छन् । पाँडेको बर्खास्ती गर्दै निवेदन माग गर्ने अधिकांश पदाधिकारी र सदस्य अध्यक्ष नेम्बाङकै प्यानलबाट एन्फा कार्यसमितिमा निर्वाचित भएका थिए । नयाँ कार्यसमिति निर्वाचित भएपनि एन्फाले नियमित लय भने समात्न सकेको छैन ।

July 1, 2024

स्पेन फराकिलो जितसँगै क्वाटरफाइनलमा

एजेन्सी – जर्जियाविरुद्ध पुनरागमन जित दर्ता गर्दै स्पेनले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान बनाएको छ । जर्मनीको कोल्नमा भएको खेलमा स्पेनले ४-१ को जित निकाल्दै अर्को चरणमा स्थान पक्का गरेको हो । स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १-१ गोल गरे । पछिल्लो खेलमा पोर्चुगललाई हराएको जर्जियाले सुरुवाती अग्रता लिएपछि […]

July 1, 2024

स्लोभाकियामाथि पुनरागमन जित दर्ता गर्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा

एजेन्सी – उपाधि दावेदार इङ्ल्यान्ड स्लोभाकियालाई हराउँदै युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गेल्सेनकर्चेनमा भएको प्रिक्वाटरफाइनल खेलमा इङ्ल्यान्डले अतिरिक्त समयमा पुनरागमन गरेर स्लोभाकियालाई २-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । इभान स्क्रान्जले २५औं मिनेटमा स्लोभाकियाका लागि सुरुवाती गोल गरेका थिए । डेविड स्ट्रेलेकको सुन्दर थ्रु-पासलाई नियन्त्रणमा लिँदै स्क्रान्जले प्रतियोगिताको […]

June 30, 2024

चितवन लिगमा एष्ट्रल र सौराहाको बराबरी

सुशिल पन्त क्षेत्री, चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आइतबार एष्ट्रल युथ सोसाइटी र सौराहा युवा समाजले बराबरी खेलेका छन् । भरतपुर ७ कृष्णपुर मैदानमा भएको समूह ए को खेलमा १-१ को बराबरी गर्दै दुबै टिमले अंक बाँडेका हुन् । खेलमा एष्ट्रलका लागि जुनित घिसिङ र सौराहाका लागि सञ्जय चौधरीले गोल गरे […]

Success

Thank you for your time.