default_image

3 years ago

August 6, 2022

टोटेनहमको फराकिलो जित

178 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत सिजन २०२२-२३ को पहिलो खेलमा टोटेनहम हट्सपरले सानदार सुरुवात गरेको छ । घरेलु मैदानमा सुरुवातमै पछि परेपनि टोटेनहमले साउथह्याम्पटनलाई ४-१ ले पराजित गर्यो ।

टोटेनहमको जितमा रायन सेस्सेनन्, एरिक डाएर र डेजान कुलुसेभ्सकीले गोल गर्दा एक गोल आत्मघाती गोल भएको थियो । साउथह्याम्पटनका लागि कप्तान जेम्स वार्ड प्राउजले सुरुवाती अग्रता दिलाएका थिए । उनले १२ औं मिनेटमा सुन्दर गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । मौसा जेनेपोको क्रसलाई उनले हाफ भलीमा पेनाल्टी क्षेत्र बाहिरबाट गोल गरेका थिए ।

टोटेनहमले २१ औं मिनेटमा नै खेल बराबरीमा ल्यायो । कुलुसेभ्सकीको क्रसमा सेस्सेनन्ले हेडरमार्फत गोल गर्दै स्पर्सलाई खेलमा फर्काए । ३१ औं मिनेटमा डाएरको गोलमा स्पर्स अघि बढ्यो । ह्युङ मिन सनको क्रसमा डाएरले हेडरमार्फत गोल गरेका थिए ।

दोस्रो हाफको ६१ औं मिनेटमा स्पर्सले अग्रता दोब्बर पार्यो । एमर्सन रोयलको क्रसलाई क्लियर गर्ने क्रममा सालिसुले आफ्नै पोस्टमा गोल गरेपछि स्कोर ३-१ भएको थियो । त्यसको एक मिनेट नबित्दै कुलुसेभ्सकीले एमर्सनकै पासमा गोल गर्दै ४-१ को अग्रता दिलाए ।

शनिबार नै भएको खेलमा न्युकासल युनाइटेडले यसै सिजन बढुवा भएको नटिङहम फरेस्टलाई २-० ले हरायो । न्युकासलको जितमा फाबियन सेर र क्यालम विल्सनले गोल गरे ।

अर्को नवप्रवेशी बर्नमाउथले भने घरेलु मैदानमा एस्टन भिल्लालाई हरायो । तेस्रो मिनेटमा जेफर्सन लेर्माको गोलमा अग्रता लिएको बर्नमाउथका लागि किएफर मुरले अग्रता दोब्बर पारेका थिए ।

लिड्स युनाइटेडले वल्भ्समाथि पुनरागमन जित दर्ता गर्यो । ड्यानीएल पोडेन्सको गोलमा वल्भ्सले अग्रता लिएपनि पहिलो हाफमै रोड्रीगोले खेल बराबर गरे । दोस्रो हाफमा रायन एट नुरीको आत्मघाती गोलमा लिड्सले जित हासिल गर्यो ।

त्यसअघि दिनको पहिलो खेलमा उपाधिको दावेदार मानिएको लिभरपुल इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा नवप्रवेशी फुल्हमसँग बराबरीमा रोकिएको थियो । खेलमा दुई पटक पछि परेको लिभरपुल २-२ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो ।

घरेलु टोली फुल्हमले दुई पटक अग्रता लिएपनि जित दर्ता गर्न सकेन । फुल्हमका लागि एलेक्जेन्डर मित्रोभिचले दुई गोल गर्दा लिभरपुलका मोहमद सलाह र डार्विन न्युनेजले १-१ गोल गरे ।

खेलको १४ औं मिनेटमा लिभरपुलले गोल गरेपनि रेफ्रीले त्यसलाई मान्यता दिएनन् । कोलाम्बियन विंगर लुइस डियाजले सुन्दर फिनिस प्रस्तुत गरेपनि त्यसअघि नै एन्डी रोबर्टसन अफसाइड रहेका कारण गोल मान्य भएन ।

खेलको ३२ औं मिनेटमा एलेक्जेन्डर मित्रोभिचले गोल गर्दै फुल्हमलाई अग्रता दिलाए । उनले केनी टेटेको क्रसलाई फार पोस्टमा हेडरमार्फत गोल गरे । सर्बियन फरवार्डले डिफेन्डर ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डलाई पछि पार्दै हेडर भेटेका थिए ।

दोस्रो हाफको सुरुवाती समयमा लिभरपुलले दुई खेलाडी परिवर्तन गर्यो । मिडफिल्डर थियागोले चोट बोकेपछि प्रशिक्षक योर्गेन क्लोपले रणनीति परिवर्तन गर्दै हार्भी एलिएट र डार्विन न्युनेजलाई मैदानमा पठाए । रोबर्टो फिर्मिनोको स्थानमा आएका न्युनेजले ७४ अ‍ौं मिनेटमा लिभरपुललाई बराबरीमा ल्याए । मोहमद सलाहको क्रसमा न्युनेजले ६ यार्ड बक्स भित्रबाट गोल गरे ।

खेलको ७२ अ‍ौं मिनेटमा फुल्हमले पुनः अग्रता लियो । एलेक्जेन्डर मित्रोभिचले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई अघि बढाए । भर्जिल भान डाइकले पेनाल्टी क्षेत्र भित्र मित्रोभिचलाई लडाएपछि रेफ्रिले पेनाल्टी दिएका थिए ।

लिभरपुलले ८१ अ‍ौं मिनेटमा मोहमद सलाहको गोलमा पुन: खेल बराबरी गर्यो । आर्नोल्डको लामो पासलाई न्युनेजले नियन्त्रणमा लिएपछि सलाहले पहिलो टचमै बललाई पोस्टको दिशा दिए ।

इन्ज्युरी समयमा लिभरपुल खेल जित्नबाट बञ्चित भयो । अन्तिम मिनेटमा कप्तान जोर्डन हेन्डरसनको प्रहार क्रसबारमा लाग्दा टोली बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

यसअघि शुक्रबार भएको लिगको पहिलो खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई २-० ले पराजित गरेको थियो । आर्सनलको जितमा ग्यब्रिएल मार्टिनेलीले अग्रता दिलाउँदा अन्त्यतिर प्यालेसका कप्तान मार्क गुएहीले आत्मघाती गोल गरेका थिए ।

प्रिमियर लिगको नतिजाहरु :

आर्सनल २-० क्रिस्टल प्यालेस

फुल्हम २-२ लिभरपुल

टोटेनहम हट्स्पर ४-१ साउथह्याम्पटन

बर्नमाउथ २-० एस्टन भिल्ला

लिड्स युनाइटेड २-१ वल्भ्स

न्युकासल युनाइटेड २- ० नटिङहम फरेस्ट

१०:१५ बजे : एभर्टन विरुद्ध चेल्सी

February 5, 2025

आहा! रारा पोखरा गोल्डकप – एपिएफ र मच्छिन्द्र भिड्दै

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]

February 5, 2025

एट्लेटिको कोपा डेल रेको सेमिफाइनलमा

एजेन्सी – फराकिलो अन्तरको‌ जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]

February 5, 2025

लोक आदर्श विजयी

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]

Success

Thank you for your time.