3 years ago
August 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – यसै महिना हुने एएफसी वुमन्स क्लब च्याम्पियनसिपमा खेल्न राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपिएफ फुटबल क्लबकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ शनिबार भारत प्रस्थान गरेकी छिन् ।
सावित्रा गत महिना मात्र पुनः भारतीय क्लब गोकुलम केरेला एफसीमा आबद्ध भएकी थिइन् । सावित्राले एक वर्षका लागि सम्झौता गरेकी छन् । अर्को महिना स्वदेशमा आयोजना हुने साफ च्याम्पियनसिप अघि सावित्रा व्यवसायिक फुटबल खेल्ने भएकी हुन् ।
दुई वर्षअघि सावित्राकै महत्वपूर्ण भुमिकाबाट प्रेरित गोलकुलमले महिला लिग आइडब्लू एफको उपाधि जितेको थियो । त्यतिबेला प्ले अफ चरण पार्दै अघि बढेको गोकुलम अपराजित रहँदै फाइनल पुग्दा सावित्राले उच्च प्रदर्शन गरेकी थिइन् ।
सावित्राले लिगका सबै खेलमा गोल गरेकी थिइन् । उच्च गोलकर्ताको शीर्षस्थानमा रहेकी सावित्राले १६ गोल गरिन् । प्ले अफमा पनि उनले ३ गोल गरेकी थिइन् ।
सन् २०१९ मा पहिलो पटक सावित्राले सेथु एफसीबाट खेल्दा पनि टोलीलाई च्याम्पियन बनाएकी थिइन् । त्यति बेला उनले टोलीका लागि १४ गोल गरेकी थिइन् ।
गत वर्ष भने चोटका कारण लामो समय सावित्रा मैदान बाहिर रहेकी थिइन् । २०७७ फागुनमा घुँडामा चोट लागेपछि सावित्रा लामो समय मैदान बाहिर रहिन् । कतार पुगेर उपचार गरेर असोजमा स्वदेश फर्केयता उनी पुनः मैदानमा सक्रिय भएकी छिन् । उनी सम्मिलित एपिएफ महिला लिगको पहिलो चरणमा शीर्षस्थानमा रहेको छ ।
सफल पुनरागमन गरेकी सावित्रा भारतमा खेल्नका लागि उत्साहित छिन् । ‘गोकुलमले गत सिजन पनि खेल्नुपर्छ भनेको थियो,’ उनले भनिन्, ‘तर चोटका कारण सम्भव भएन । फेरि एकपटक क्लबले मलाई विश्वास गरेको छ । म आफ्नोतर्फबाट पहिलाकै जस्तो प्रदर्शनको पूरा प्रयास गर्नेछु ।’
राष्ट्रिय टोलीका प्रशिक्षक कुमार थापाले सावित्राका लागि व्यक्तिगत रुपमा यो राम्रो अवसर भएपनि राष्ट्रिय टोलीले उनलाई मिस गर्ने बताए । ‘सावित्राले व्यावसायिक सम्झौता गरेकी हुन् । उनको लागि व्यक्तिगत रुपमा राम्रो अवसर हो । यसअघि पनि उनले भारतमा आफूलाई प्रमाणित गरिसकेकी छिन्,’ थापाले भने, ‘हामी साफ च्याम्पियनसिपको तयारीमा रहँदा उनी टोलीमा हुने छैनन् । उनी फर्कंदा हामीसँग १० दिन बाँकी हुन्छ । त्यो समयमा उनी टोलीसँग जोडिएर तयारी हुनेछ । उनी नहुँदा अन्य खेलाडी पनि टोलीमा छन् । प्रशिक्षणमा मिहिनेत गरिरहेका छौं ।’
सावित्राले गोकुलमबाट यसै महिना हुने एएफसी वुमन्स क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछिन् । उज्बेकिस्तानमा हुने पश्चिम क्षेत्रको समूह चरणको खेल अगस्ट २० देखि २६ सम्म हुनेछ । भारतको च्याम्पियन गोकुलमसँगै यस समूहमा उज्बेकिस्तानको सोग्दियाना, जोर्डनको अर्थडक्स क्लब र इरानको क्लब खातुन बाम एफसी रहेका छन् । सावित्रा समूह चरण समाप्त भएपछि नेपाल फर्कने कार्यक्रम छ ।
पूर्व क्षेत्रको समूहमा तीन टोली रहेका छन् । आयोजक थाइल्याण्डको कलेज अफ एसियन स्कलर्स, म्यानमारको आइएसपीई डब्लुएफसी र ताइपेइको ताइचुङ ब्लु व्हेल एफसीले अगस्ट १५ देखि २१ सम्म खेल्नेछन् । दुवै समूहका शीर्ष दुई टोलीले अक्टोबर २२ मा हुने फाइनल खेल्नेछन् ।
एएफसीले सन् २०२४ देखि एएफसी वुमन्स च्याम्पियन्स लिग सुरुवात गर्ने तयारी गरिरहेको छ । यसअघि सन् २०१९ मा जापानको निपोन बेलेजा तथा सन् २०२१ मा जोर्डनको अम्मान क्लबले उपाधि जितेको थियो ।
February 5, 2025
हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- मछिन्द्र फुटबल क्लब पोखरामा जारी २४ औं आरा! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बुधवार भएको दोस्रो प्रि क्वाटरफाइनलमा विभागीय टोली एपिएफ फुटबल क्लबलाई २-० गोल ले हराउँदै मछिन्द्र अन्तिम आठमा पुगेको हो। मच्छिन्द्रलाई जित दिलाउन आदित्य शाक्य र स्टेफेन कामाहाले गोल गरे। दोस्रो दिन अर्को पूर्व विजेता […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]