2 years ago
August 6, 2022
एजेन्सी – नयाँ सिजनको जर्मन बुन्डेसलिगामा साविकको विजेता बायर्न म्युनिखले सानदार सुरुवात गरेको छ । बायर्नले घरेलु टोली आइनट्राख्ट फ्रान्कफुर्टमाथि ६–१ को सानदार जितसहित सुखद् सुरुवात गरेको हो ।
डोइटसा बैंक पार्कमा शनिबार राति भएको खेलमा बायर्नको सानदार जितमा जमल मुसिएलाले दुई तथा योसुवा किम्मिख, बेन्जामिन पाभार्ड, साडियो माने र सर्ज जिनाब्रीले समान एक गोल गरे ।
घरेलु टोलीका रान्डल कोलो मुआनीले एक गोल फर्काए । बायर्नले पहिलो हाफमै ५–० को फराकिलो अग्रता लिँदा दोस्रो हाफमा एक गोल थप्दा अर्काे गोल बेहोरेको थियो ।
खेलको पाँचौ मिनेटमा किम्मिखले फ्रिकिकमा सिधै गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाए । ११औं मिनेटमा पाभार्डले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।
२९औं मिनेटमा साडियो मानेले सर्ज जिनाब्रीको पासमा हेडमार्फत गोल गर्दै बायर्नलाई ३–० ले अघि बढाए । यसै सिजन इंग्लिस क्लब लिभरपुलबाट म्युनिख आएका मानेले बुन्डेसलिगाको पहिलो खेलमा डेब्यु गोल गर्न सफल भएका हुन् ।
३५औं मिनेटमा जमल मुसएलाले थोमस मुलरको पासमा गोल गरेपछि बायर्न ४–० ले अघि बढ्यो । ४३औं मिनेटमा मुलरकै पासमा जिनाब्रीले गोल गरेपछि बायर्नले पहिलो हाफमा ५–० को आरामदायी अग्रता लिन सफल भयो ।
६४औं मिनेटमा रान्डल कोलोले गोल गर्दै खेललाई ५–१ को स्थितिमा ल्याए । ८३औं मिनेटमा मुसिएलाले लिरोए सानेको पासमा व्यक्तिगता दोस्रो र टोलीका लागि छैटौं गोल गर्दै बायर्नको सानदार जित पक्का गराए ।
December 19, 2024
हिमाल खरेल, बिर्तामोड कप्तान अञ्जन विष्टको ह्याट्रिकको एनआरटी झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले बिहीवार काठमाडौं जिल्ला लिग विजेता चित्लाङ एफसीलाई ५-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । योसँगै जारी प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । खेलको १३ औं मिनेटमा एनआरटीले अग्रता लियो । कप्तान […]
December 19, 2024
एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]
December 19, 2024
एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं मिनेटमा पोस्टको […]