2 years ago
August 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-२० च्याम्पियनसिप अन्तर्गत उपाधिका लागि फाइनलमा आयोजक तथा साविक विजेता भारत र बंगलादेश भिड्दैछन् । खेल आज साँझ ७:१५ बजे भुवनेश्वरस्थित कालिंगा रंगशालामा हुनेछ ।
बंगलादेश लिग विजेता बन्दै फाइनल प्रवेश गर्दा भारत दोस्रो स्थानमा रहेर फाइनल प्रवेश गरेको हो । लिग चरणमा बंगलादेश ४ खेलमा १० अंक जोड्दै शीर्षस्थानमा रहयो । भारतले ४ खेलमा ९ अंक जोड्दै दोस्रो स्थानमा रहेर फाइनलमा स्थान बनाएको थियो । नेपाल भने ४ खेलमा ७ अंकसहित तालिकाको तेस्रो स्थानमा रहयो । माल्दिभ्स ४ खेलमा २ अंकसहित चौथो तथा १ अंक जोडेको श्रीलंका पुछारमा रहयो ।
समूह चरणको खेलमा बंगलादेशले भारतलाई पराजित गर्दै सानदार सुरुवात गरेको थियो । त्यसयता भारतले लगातार तीन जित दर्ता गर्दै लय समातेको छ । बंगलादेश भने समूहको अन्तिम खेलमा नेपालसँग १-१ को बराबरीमा रोकिएको थियो । आजको खेलमा भारत समूह चरणको हारको बदला लिँदै उपाधि घरेलु भूमिमा राख्न चाहन्छ ।
दुवै टोलीले फाइनलमा एक-एक खेलाडीको साथ पाउने छैनन् । भारतका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका विंगर पार्थिव गोगोई खेलमा उपस्थित हुने छैनन् । माल्दिभ्सविरुद्ध खेलको अन्त्यतिर रेफ्रीविरुद्ध अपशब्द बोलेपछि उनले रातो कार्ड पाएका थिए । त्यस्तै बंगलादेशका साहिदुल इस्लामले नेपालविरुद्ध खेलमा झगडा हुँदा रातो कार्ड पाएका थिए ।
भारतका प्रशिक्षक शंमुगम वेंकटेशले उपाधि जित्न भारत तयार रहेको बताए । ‘फाइनल खेल्नु ठूलो अवसर हो । मैले आफैं पनि सिनियर टोलीमा प्रशिक्षक र खेलाडीको रुपमा साफको उपाधि जितेको छु । फाइनलका लागि खेलाडी तयार छन् र उत्कृष्ट प्रदर्शन गर्ने विश्वास छ,’ उनले भने ।
बंगलादेशका प्रशिक्षक पल स्मलीले दुवै टोलीले एक अर्काको कमजोरी बुझेको कारण खेल रोमान्चक हुने बताए । ‘हामीले भारतसँग समूह चरणमा खेलेका छौं । हामीलाई उनीहरुको कमजोरी थाहा छ । उनीहरुलाई पनि हाम्रो बारेमा पक्कै थाहा हुनुपर्छ । खेल रोमान्चक हुनेछ,’ उनले थपे ।
December 16, 2024
हिमाल खरेल,बिर्तामोड उपाधिको दाबेदार मध्ये त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २-० ले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेश आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले […]
December 16, 2024
दिपक बोहोरा,पाँचथर पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको छ। फागुनमा प्रतियोगिता हुने भने पनि मिति भने पछि तय हुने बताइएको छ । सहभागी टोलीको लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले […]
December 16, 2024
एजेन्सी- स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनाले अंक दूरी बढाउने मौका चुकाएको छ। बार्सिलोना आइतबार घरेलु मैदानमा लेगानेससँग १-० ले पराजित भएको हो । चौथो मिनेट मै सर्जियो गोन्जालेजले गरेको गोल बार्सिलोनालाई हराउन पर्याप्त बन्यो । अर्को खेलमा एट्लेटिको मड्रिड विजयी हुँदै दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा गेटाफेलाई १-० ले हराउँदै एट्लेटिको रियल म्याड्रिडलाई […]