default_image

2 years ago

August 5, 2022

खेल्ने हैन त फ्यान्टसी प्रिमियर लिग?

135 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

विश्व फुटबलको सबैभन्दा चर्चित फुटबल लिग, इंग्लिस प्रिमियर लिग आज सुरु हुँदैछ । सहभागी सबै टोलीका प्रशिक्षकहरु ट्रान्सफर विन्डोमा खेलाडी किनबेच गर्दै आफ्नो टोलीलाई उच्च विन्दुमा पुर्याउन तल्लिन छन् । प्रशिक्षक, खेलाडी, रेफ्री लगायत लिगमा प्रत्यक्ष सहभागी हुने मात्र होइन, हिजोआज प्रिमियर लिगले समर्थकलाई पनि खेल सुरु हुनुअघि तयारीमा व्यस्त बनाउन थालेको छ । फ्यान्टसी प्रिमियर लिगको माध्यमबाट ।

फ्यान्टसी टिम, अर्थात आफ्नो सपनाको टिम । प्रिमियर लिगले सन् २००३ देखि सुरु गरेको फ्यान्टसी प्रिमियर लिगमा प्रयोगकर्ताले आफ्नो रोजाइको टिम बनाउँछन् । प्रिमियर लिगको हरेक खेलमा हुने प्रदर्शनका आधारमा खेलाडीले अंक पाउँछन् । यसरि दर्शकहरुले आफ्नो रोजाइमा रहेका खेलाडीबाट आफ्नो टिमको कुल अंक प्राप्त गर्छन् । पछिल्लो समय प्रिमियर लिग रुचाउने सबैजसो दर्शकको आ-आफ्नो फ्यान्टसी टिम हुन्छ । कतिपयले त एक भन्दा बढी टिम पनि बनाउने गर्छन् ।

प्रयोगकर्ताले सिजनको सुरुवातमा आफ्नो रोजाइको १५ सदस्यीय टिम बनाउँछन् । त्यसपछि ३८ खेलसम्म हरेक खेलका लागि नयाँ सुरुवाती ११ र वैकल्पिक खेलाडी छनोट गर्न पाइन्छ । हरेक खेलपछि प्रयोगकर्ताले १५ खेलाडीको टोलीबाट १ खेलाडी निशुल्क परिवर्तन गर्न पाउँछन् । एक भन्दा बढी खेलाडी परिवर्तन गर्दा प्रति खेलाडी ४ अंक जरिवाना तिर्नुपर्छ ।

कसरी बनाउने टिम ?

प्रिमियर लिगको आधिकारिक फ्यान्टसी खेल्न सुरुवातमा आफ्नो खाता दर्ता गर्नुपर्छ । त्यसपछि प्रिमियर लिगमा सहभागी २० टोलीका खेलाडी मध्यबाट आफ्नो छनोटका १५ खेलाडी छनोट गर्न पाइन्छ । टिम छनोटका लागि १०० मिलियन दिइएको हुन्छ । हरेक खेलाडीको पुरानो प्रदर्शनका आधारमा उनीहरुको मुल्य निर्धारण गरिएको हुन्छ । कुनैपनि टिम बनाउँदा एक क्लबको ३ भन्दा बढी खेलाडी राख्न पाइन्न । हरेक खेलमा कप्तानको अंक भने दुई गुणा हुन्छ ।

कसरी पाइन्छ अंक ?

फ्यान्टसी प्रिमियर लिगमा मैदानमा ६० मिनेटभन्दा कम खेल्ने खेलाडीले १ अंक पाउँछन् । यदि खेलाडीले ६० मिनेटभन्दा बढी समय खेल्छ भने २ अंक प्राप्त गर्छन् । गोल गरेका फरवार्डले ४ अंक पाउँछन् भने मिडफिल्डरले ५ तथा डिफेन्डर र गोलरक्षकले ६ अंक प्राप्त गर्छन् । असिस्ट दिएको सबै खेलाडीले समान ३-३ अंक प्राप्त गर्छन् ।

कुनैपनि टोलीले गोल नखाएको अवस्थामा उक्त खेलमा खेल्ने डिफेन्डर र गोलरक्षकले क्लिन सिटको ३ अंक तथा मिडफिल्डरले १ अंक प्राप्त गर्छन् । क्लिन सिटको अंक प्राप्त गर्न खेलाडीले ६० मिनेटभन्दा बढी मैदानमा बिताउनुपर्छ । यदि खेलाडीले ६० मिनेटभन्दा बढी खेलेर मैदान छाड्छ र उनी मैदानमा रहँदा टोलीले गोल खाएको छैन भने क्लिन सिटको अंक पक्का हुन्छ ।

गोलरक्षकले हरेक ३ प्रहार बचाएको थप १ अंक प्राप्त गर्छन् । यसबाहेक पेनाल्टी प्रहार बचाए थप ५ अंक पाउँछन् । पेनाल्टीमा चुक्ने खेलाडीको भने २ अंक घट्छ । पहेंलो कार्डको १ नाक र रातो कार्डको ३ अंक घट्छ । आत्मघाती गोल गर्ने खेलाडीको पनि २ अंक घट्छ । कहिलेकाहीं खेलाडीको अंक नेगेटिभ पनि आउन सक्छ ।

टिमले खाएको हरेक २ गोलमा मैदानमा रहेका डिफेन्डर र गोलरक्षकको १ अंक घट्छ । सँगसँगै खेल अवधिभर राम्रो प्रदर्शन गर्ने तीन शीर्ष खेलाडीले क्रमश ३,२ र १ अंक बोनस प्राप्त गर्नेछन् ।

चिप्स के हो ?

हरेक प्रयोगकर्ताले एक सिजनमा तीन फरक चिप प्रयोग गर्न पाउँछन् । बेन्च बुस्ट प्रयोग गरेको साता टोलीको सुरुवाती ११ सँगै बेन्चमा रहेका सबै खेलाडीको अंक गणना हुन्छ । ट्रिपल क्याप्टेन प्रयोग गर्दा त्यस साता आफ्नो कप्तानले जोडेको अंक तीन गुणा हुन्छ ।

त्यस्तै फ्रि-हिट प्रयोग गरेको साता, एक साताका लागि आफ्नो टोलीमा जति पनि परिवर्तन गर्न पाइन्छ । प्रयोग गरेको अर्को साता टिम अघिल्लो साताकै अवस्थामा हुन्छ । यसको प्रयोग विशेषगरी कुनै साता कम खेल हुँदा प्रयोग गर्न सकिन्छ । ट्रान्सफरमा यसबाहेक सिजनमा दुई पटक वाइल्डकार्ड प्रयोग गर्न पाइन्छ । वाइल्डकार्डको प्रयोग गर्दा टोलीका सबै खेलाडी परिवर्तन गर्दापनि जरिवाना लाग्दैन । यो परिवर्तन भने स्थायी रुपमा नै रहन्छ ।

रोमान्च थप्दै लिग र कप प्रतियोगिता

फ्यान्टसीमा सहभागी प्रयोगकर्ताले लिग र कप प्रतियोगितामा जोडिएर थप रोमान्च लिंदै आएका छन् । आफैं पनि बनाउन सकिने यस्ता लिगमा आफ्नो वरपर रहेका साथीहरु एकै लिगमा जम्मा भएर प्रतिस्पर्धा गर्न सकिन्छ । पछिल्लो समय नेपालमा सामाजिक संजालमार्फत थुप्रै यस्ता फ्यान्टसी प्रतियोगिता नै पनि हुँदै आएको छ । रकम लिएर दर्ता गर्दै हरेक साताका विजेतालाई पुरस्कृत गर्ने तछाडमछाड नै चलेको देखिन्छ ।

हाम्रो खेलकुदले पनि पछिल्ला सिजनझैं यसपटक आफ्नो लिग निर्माण गरेको छ । तपाईं पनि हाम्रो लिगमा जोडिन यहाँ थिच्न सक्नुहुन्छ । लिग कोड – bdb01r

December 16, 2024

आर्मी झापा कपबाट बाहिरियो, सलहेश सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड उपाधिको दाबेदार मध्ये त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २-० ले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेश आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले […]

December 16, 2024

पाँचथर गोल्ड कप फागुनमा हुने

दिपक बोहोरा,पाँचथर पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक‌ विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको‌ छ। फागुनमा प्रतियोगिता हुने भने पनि मिति भने पछि तय हुने बताइएको छ । सहभागी टोलीको लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले  […]

December 16, 2024

बार्सिलोना पराजित, एट्लेटिको दोस्रो स्थानमा

एजेन्सी- स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनाले अंक दूरी बढाउने मौका चुकाएको छ। बार्सिलोना आइतबार घरेलु मैदानमा लेगानेससँग १-० ले पराजित भएको हो । चौथो मिनेट मै सर्जियो गोन्जालेजले गरेको गोल बार्सिलोनालाई हराउन पर्याप्त बन्यो । अर्को खेलमा एट्लेटिको मड्रिड विजयी हुँदै दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा गेटाफेलाई १-० ले हराउँदै एट्लेटिको रियल म्याड्रिडलाई‌ […]

Success

Thank you for your time.