default_image

2 years ago

August 4, 2022

विश्वकप आयोजना गर्न अर्जेन्टिनासहित चार राष्ट्रको संयुक्त दावी

139 views

0 Bookmark

एजेन्सी – सन् २०३० को फिफा विश्वकप आयोजनाका लागि अर्जेन्टिनासहित चार राष्ट्रले संयुक्त रुपमा दावी पेश गरेका छन् ।

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेले संयुक्त रुपमा २०३० को विश्वकप आयोजनाका लागि दाबी पेश गरेको छ ।

उरुग्वेले १९३० मा पहिलो संस्करणको विश्वकप आयोजना गरेको थियो । त्यसयता उरुग्वेले विश्वकपको आयोजना गरेको छैन । उरुग्वे एक शताब्दीपछि विश्वकप आयोजना गर्न चहान्छ ।

‘यो महादेशको सपना हो ।’ दक्षिण अमेरिकी फुटबल महासंघ (कन्वेवल) का अध्यक्ष अलेजान्ड्रो डोमिन्गुएजले भने, ‘त्यहाँ धेरै विश्वकप हुनेछन् । तर विश्वकप एक पटक मात्र १ सय वर्ष पुग्छ, यो उरुग्वेमा आउन आवश्यक छ ।’ उरुग्वेली फुटबल संघका अध्यक्ष इग्नासियो अलोन्सोले विश्वकप जहाँबाट शुरु भएको थियो, १ सय वर्षपछि त्यही राष्ट्रमा आयोजना गर्नु राम्रो हुने बताएका छन् ।

चिलीले १९६२ मा तथा अर्जेन्टिनाले १९७८ को विश्वकप आयोजना गरेको थियो । सन् २०३० को विश्वकप आयोजनाका लागि स्पेन र पोर्चुगलले समेत संयुक्त दाबी पेश गरिसकेको छ ।

सन् २०२२ को विश्वकप एसियाली राष्ट्र कतारमा यसै वर्ष आयोजना हुुँदैछ । यस्तै २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने तय भइसकेको छ ।

विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले सन् २०२४ मा २०३० को विश्वकप आयोजना गर्ने राष्ट्रको घोषणा गर्नेछ । पहिलो संस्करणको विश्वकपमा आयोजक उरुग्वेले अर्जेन्टिनालाई फाइनलमा हराएर उपाधि जितेको थियो ।

बेलायत र रिपब्लिक अफ आयरल्यान्ड सन् २०३० को विश्वकप आयोजनाको दावीबाट पछि हट्दै सन् २०२८ को युरोकप आयोजना गर्न योजनामा रहेको छ ।

September 28, 2024

पाल्मेरको ४ गोलमा चेल्सीको जित

एजेन्सी – कोल पाल्मेरको ४ गोल सहयोगमा चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । चौथो जित निकाल्नेक्रममा चेल्सीले ब्राइटनलाई ४-२ ले हराएको हो । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीका पाल्मेरले २१औं, २८औं र ३१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलमा अगता भने ब्राइटनले लिएको थियो । जर्जिनियो रुटरको गोलमार्फत […]

September 28, 2024

सिटीको लगातार दोस्रो बराबरी

एजेन्सी –इङ्ग्लिस प्रियिमर लिग(इपिएल)को शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लगातार दोस्रो बराबरी खेलेको छ । लगातार दोस्रो बराबरी खेल्ने क्रममा साविक विजेता सिटी शनिवार न्युक्यासल युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ । न्युकासलको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि जेस्को जिभार्डियोल र न्युक्यासल एन्थोनली गोर्डनले गोल गरे । खेलमा अग्रता भने सिटीले लिएको थियो । […]

September 28, 2024

झरना रनिङशिल्ड फुटबल प्रतियोगिता स्थगित

सुमन अधिकारी,बुटवल रुपन्देहीमा जारी ३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगिता अविरल वर्षाका कारण प्रभावित भएको छ । लगातार भएको बर्षाले प्रतियोगिता भैरहेको कुन्जलापुरस्थित फुटबल मैदानमा पानी जमेकोले २ दिनका खेल सञ्चालन हुन सकेका छैन । ‘लगातारको झरिका कारण मैदान पानीले भरिएको छ खेल खेलाउन सकिएको छैन’ आयोजक क्लबका अध्यक्ष धनेन्द्र पौडेलले भने । शुक्रबार रोकिएको […]

Success

Thank you for your time.