default_image

2 years ago

August 2, 2022

‘भारतविरुद्ध हारको ह्यांगओभरले खेलाडी खुल्न सकेनन्’

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू-२० फुटबल टोली साफ यू-२० च्याम्पियनसिपको अन्तिम लिग खेलमा बंगलादेशसँग १-१ को बराबरीमा रोकियो ।

सुरुवाती दुई खेल जितेको नेपाल तेस्रो खेलमा भारतसँग ८-० ले पराजित भएको थियो । अन्तिम खेलमा बराबरी खेलेपछि नेपालको फाइनल पुग्ने सम्भावना जीवित छ । तर अर्को खेलमा माल्दिभ्सले भारतलाई हराए मात्र नेपाल अघि बढ्नेछ । लिगको अन्तिम खेलपछि बोल्दै टोलीका सहायक प्रशिक्षक बालगोपाल साहुखलले दबाबमा खेल्नुपर्दा जित हासिल गर्न नसकेको बताए ।

‘खेलाडीले आफ्नो सबथोक दिएर खेले । हामीलाई आज फराकिलो जित आवश्यक थियो । टोली पछिल्लो खेलको नतिजाका कारण निकै दबाबमा पनि थियो । हामीले त्यसमा सुधार गरेर खेल्ने प्रयास गर्यौं । तर भारतसँग हारको ह्यांगओभरले खुलेर खेल्न केही कठिन भयो,’ साहुखलले भने ।

‘हामीले अलि बढी आत्मविश्वास र आक्रामक भएर खेलेको भए राम्रो नतिजा आउँथ्यो होला । हाम्रो यात्राबाट म खुसी नै छु । हामी सुरुवाती दुई खेलपछि राम्रो अवस्थामा थियौं । यो युवा टोली हो र अनुभवको निकै खाँचो छ । आउने दिनमा अझ राम्रो हुने सम्भावना छ । यसका लागि हामीले मिहिनेत गर्नुपर्छ,’ उनले थपे ।

बंगलादेशविरुद्ध खेलको दोस्रो हाफको सुरुवातमै दुवै टोलीका खेलाडी एक आपसमा झगडा गर्न थालेपछि रेफ्रीले तीन रातो कार्ड देखाउनुपरेको थियो । उक्त घटना हुनु राम्रो नरहेको साहुखलको बुझाइ छ । ‘आज जुन घटना भयो त्यो राम्रो थिएन । घटनालाई त्यो स्थितिसम्म नपुर्याउन सकिन्थ्यो । हामी प्रयास गर्नेछौं कि यस्तो घटना फेरि नदोहोरियोस्,’ उनले भने ।

साहुखलले खेलाडीहरुमा निराशा हुँदा उनीहरुले आफूलाई सम्हाल्न नसकेको बताए । ‘खेलाडीहरु निराश भएका कारण पनि त्यो घटना भयो । भारतविरुद्ध फराकिलो हारपछि हामीलाई जित चाहिएको थियो । गोल पनि निस्केको थिएन र खेलाडीमाथि लगातार फल भइरहेको थियो । खेलाडीले आफूलाई नियन्त्रणमा राख्नु पर्थ्यो । अब हामीले यस्तो अवस्था आउन नदिन सिकाउनुपर्छ,’ साहुखलले थपे ।

नेपालले यस प्रतियोगिताबाट थाहा पाएको कमजोरी एएफसी च्याम्पियनसिपको लागि सुधार गर्न प्रयोग गर्ने साहुखलले बताए । ‘समग्रमा भन्नुपर्दा हामीले आफ्नो खेल्ने शैली विकास गर्न खोजेका थियौं । हामी बल राखेर खेल्न चाहन्थ्यौं । हामीले सुरुवाती दुई खेलमा राम्रो लय समातेका थियौं । तेस्रो खेलले हामीलाई शारीरिक पक्षमा निकै मिहिनेत गर्नुपर्ने बुझायो । केही रणनीतिक पक्षमा पनि काम गर्न बाँकी छ । अब हामीले एएफसी छनोटका लागि खेल्दा यसमा ध्यान दिएर टोलीलाई थप बलियो बनाउन ध्यान दिनेछौं,’ उनले टुंग्याए ।

यो पनि पढ्नुहोस : बंगलादेशलाई बराबरीमा रोक्दै नेपालले भारतलाई उछिन्यो

December 19, 2024

लिभरपुल,आर्सनल र न्युक्यासल सेमिफाइनलमा

एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्‍यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]

December 19, 2024

रियल म्याड्रिडले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं‌ मिनेटमा पोस्टको […]

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

Success

Thank you for your time.