default_image

2 years ago

August 2, 2022

खेलमा झगडा हुँदा रेफ्रीले देखाए तीन रातो कार्ड

198 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र बंगलादेश भिड्दैछन् । दोस्रो हाफको सुरुवातमै दुई टोलीका खेलाडीबीच झगडा हुँदा रेफ्रीले तीन रातो कार्ड देखाएका छन् ।

बंगलादेशका साहिदुल इस्लामले दोस्रो पहेंलो कार्डसँगै रातो कार्ड खाँदा नेपालका दीपेश गुरुङ सिधै रातो कार्ड खाँदै बाहिरिए । मैदानभित्र पसेर झगडा गरेका कारण बेन्चका वैकल्पिक खेलाडी रोहित सुब्बाले पनि रातो कार्ड पाए ।

खेलको ४८ औं मिनेटमा बंगलादेशका कप्तान तनवीरले सहायक रेफ्रीसँग आक्रोशित रुपमा प्रस्तुत भएपछि नेपालका कप्तान आयुष घलानले उनलाई पेलेका थिए । त्यसपछि दुवै टोलीका खेलाडी एक आपसमा झगडामा उत्रिए । केहीबेरमा नै दुवै टोलीका बेन्चका खेलाडी पनि मैदान प्रवेश गरेर झगडा गर्न थाले । दुवै टोलीका बेन्चमा रहेका प्रशिक्षक र अफिसियलले झगडा साम्य पारेका थिए ।

झगडाका दौरान नेपालका कृतिश रत्न छुन्जु र बंगलादेशका एक खेलाडी लड्न पुगेका थिए । रेफ्रीले सहायक रेफ्रीद्वय र फोर्थ अफिसियलको सहयोगमा बंगलादेशका कप्तानलाई पहेंलो कार्ड तथा अन्य तीन खेलाडीलाई रातो कार्ड दिए ।

खेल गोलरहित बराबरीमा चलिरहेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलको अवसर सिर्जना गरेपनि अग्रता लिन सकेका छैनन् । नेपालले तुलनात्मक रुपमा बढी बल नियन्त्रण गर्दै आक्रमण गरिरहेको छ । बंगलादेशका गोलरक्षकले केही सुन्दर बचाउ गर्दै नेपालको अग्रतासामु बाधक बनिरहेका छन् । उनले खेलको सुरुवाती समयमा नै आयुष घलानको प्रहारलाई उत्कृष्ट बचाउ गरेका थिए ।

पहिलो हाफको मध्यतिर सुमित श्रेष्ठको प्रहार डिफेन्डरले क्लियर गर्दा नेपाल अघि बढ्न सकेको थिएन । नेपालले बल पोसेसनमा पकड जमाउँदै संयमित खेल देखाएको छ । बंगलादेशका डिफेन्डर निकै व्यस्त देखिएका छन् ।

नेपालले आजको खेलमा एक परिवर्तन गरेको थियो । भारतविरुद्ध पहिलो रोजाइमा खेलेका मनग्य नकर्मीको स्थानमा सन्दीप कार्की टोलीमा फर्किए । सन्दीपले सुरुवाती दुवै खेल पहिलो रोजाइमा खेलेपनि भारतविरुद्ध भने बेन्चमा रहेका थिए । उनी भारतविरुद्ध दोस्रो हाफमा मैदान छिरेका थिए । सुरुवाती दुवै खेलमा बेन्चबाट गोल गरेका मनग्य पुन: वैकल्पिक खेलाडीमा छन् ।

आज सुरुवाती ११ मा सिनियर टोलीको अनुभव बटुलिसकेका कप्तान आयुष घलानसँगै कृतिश रत्न छुन्जु, सुगम सुवाल, दिपेश गुरुङ, सन्दीप कार्की, सुमित श्रेष्ठ, आशिष राई, अभिषेक वाइवा, अजय चौधरी, अमर श्रेष्ठ र गोलरक्षक ईश्वर गुरुङ छन् । नेपालले सुरुवाती दुई खेलमा जित निकाल्दा सुरुवाती ११ मा यहि टोली उतारेको थियो ।

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा पहिलो खेल नेपाल र बंगलादेश खेलेपछि भारत र माल्दिभ्सबीच साँझ ७:१५ बजे प्रतिस्पर्धा हुनेछ । साविक विजेता भारतसँग ८–० को हार बेहोरेपछि फाइनल यात्रा कठिन बनेको नेपालको फाइनल पुग्ने सम्भावना भने जिवित रहेको छ ।

नेपालले सुरुवाती दुई खेलमा गोल नखाएपनि भारतविरुद्ध भने सोचेजस्तो प्रदर्शन गर्न सकेन । नेपालले बंगलादेशलाई ५ गोलको अन्तरले पराजित गरे फाइनलमा स्थान पक्का गर्नेछ । तर, लयमा रहेको बंगलादेशविरुद्ध नेपाललाई जित निकाल्न निकै कठिन हुनेछ । बंगलादेशले पहिलो खेलमा भारतलाई २-१ ले हराएको थियो ।

बंगलादेशसँग बराबरी खेलेको अवस्थामा अर्काे खेलमा भारत माल्दिभ्ससँग पराजित भएमा नेपाल फाइनल पुग्नेछ । माल्दिभ्स र भारतले बराबरी खेलेको अवस्थामा नेपालले बंगलादेशलाई १–० को गोलले अन्तरले हराए फाइनल पुग्नेछ । बंगलादेशले पछिल्लो खेलमा ह्याट्रिक गरेका मिराजुल इस्लामलाई बेन्चमा राखेको छ ।

बंगलादेशविरुद्ध नेपाल निश्चित जितको लक्ष्यसहित मैदान उत्रदै भारतसँगको पीडादायी हार बिर्साउन चहान्छ । नेपाललाई फाइनलमा पुग्न जितबाहेकको विकल्प छैन । यता, बंगलादेश पनि नेपाललाई रोक्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । नेपाललाई बराबरीमा रोकेमा पनि बंगलादेश अपराजित रहँदै फाइनलमा पुग्नेछ । बंगलादेश सोही रणनीतिमा नेपालविरुद्ध मैदान उत्रनेछ ।

भारतसँगको हारसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । बंगलादेश ३ खेलमा ९ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल र भारतको समान ३ खेलमा ६ अंक भएपनि हेड टु हेडमा भारत अघि छ । १–१ अंक जोडेका माल्दिभ्स र श्रीलंका प्रतियोगिताबाट बाहिरिएका छन् । समूहको शीर्ष दुई टोलीले उपाधिका लागि २० साउन खेल्नेछन् ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.