default_image

2 years ago

August 2, 2022

एन्फा कार्यसमिति बैठक साउन २६ मा बस्ने

95 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिति बैठक साउन २६ गते बस्ने भएको छ । यसअघि दुई पटक स्थगित बैठक यसै महिनाको अन्त्यमा बस्ने एन्फाले जनाएको छ ।

यसअघि पहिलो पटक साउन २ गतेलाई बोलाइएको बैठक अध्यक्ष पंकजविक्रम नेम्बाङ अस्वस्थ हुँदा स्थगित भएको थियो ।त्यसपछि साउन ५ मा बोलाइएको दोस्रो बैठक भने एजेण्डामा प्रवेश नगर्दै अध्यक्ष नेम्बाङले स्थगित गरेका थिए । बैठक तेस्रो पटकका लागि साउन २६ गते सातदोबाटोस्थित एन्फा मुख्यालयमा विहान १० बजेलाई तोकिएको छ ।

वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत अन्य पदाधिकारी र सदस्यले उपस्थितिमा दस्तखत नगरेपछि अध्यक्ष नेम्बाङले बैठक स्थगित गरेका थिए । खड्का लगायत कार्यसमितिका १२ जनाले पहिलो बैठकबाट अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त भएका नविन पाँडेको बर्खास्ती माग गर्दै निवेदन हालेका थिए । दोस्रो बैठकमा अनुपस्थित रहेका अर्का सदस्य रमेश व्यन्जनकार पनि बर्खास्त माग गर्नेमा थपिए । यससँगै कार्यसमितिमा हाल रहेका १९ मध्य १३ जनाले पाँडेको बर्खास्ती माग गरेका छन् ।

असार ६ गते निर्वाचित कार्यसमितिको असार ८ गते बसेको पहिलो बैठकले पाँडेलाई अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नियुक्त गर्दा भने कार्यसमितिका १९ जनाले नै समर्थन गरेका थिए । सोही बैठकले किरण राईलाई एन्फा महासचिव र रविन्द्र जोशीलाई कोषाध्यक्ष नियुक्त गरेको थियो । एक महिना पनि नबित्दै कार्यसमितिका बहुमत पदाधिकारी र सदस्यहरु आफ्नै निर्णयविरुद्ध उभिएका थिए ।

दोस्रो कार्यसमिति बैठकमा विविधसहित १८ वटा एण्जेडामा छलफल गर्ने तय थियो । त्यसमा सबैभन्दा चासोको साथ एन्फा सहायक महासचिव र प्रवक्ताको नियुक्तीलाई लिएर हेरिएको थियो । विधानको व्यवस्था अनुसार केन्द्रिय समितिले ३ सहायक महासचिव, प्रमुख कार्यकारी अधिकृत (सिइओ), प्रवक्ता नियुक्त गर्न पाउने प्रावधान छ । ३ सहायक महासचिवका लागि ५ जना आकांक्षी देखिएपछि बैठक नै स्थगित भएको थियो ।

सुरुवातमा बैठकका लागि एन्फाले विविधसहित १२ वटा एजेण्डा तय गरेको थियो । त्यसमा उपाध्यक्ष केसी ५ र दीपक खतिवडाले एउटा एजेण्डा थप गर्न माग गरेपछि १८ एजेण्डा पुगेको थियो ।

एन्फामा २१ सदस्यीय एन्फा कार्यसमितिले पूर्णता पाइसकेको छैन । असार ६ गते भएको निर्वाचनबाट ६ पदाधिकारीसहित १९ जना निर्वाचित गरेको थियो । १३ खुला सदस्यका लागि भएको निर्वाचनमा ११ जनाले निर्वाचत भएका थिए । त्यसमध्ये २ सदस्य पदका लागि ४ जनाको मत बराबरी भएपछि विशेष साधारण सभाबाट निर्वाचित गर्ने एन्फाले जनाएको थियो ।

December 19, 2024

लिभरपुल,आर्सनल र न्युक्यासल सेमिफाइनलमा

एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्‍यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]

December 19, 2024

रियल म्याड्रिडले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं‌ मिनेटमा पोस्टको […]

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

Success

Thank you for your time.