default_image

3 years ago

August 1, 2022

विश्वकप र एसियन छनोटमा नेपाल प्लेअफबाटै खेल्नुपर्ने

272 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सन् २०२६ को फिफा विश्वकपका लागि नेपालले एसियाली छनोटमा पहिलो चरणबाट खेल्नुपर्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले सोमबार विश्वकप २०२६ र एसियन कप २०२७ का लागि छनोटको नयाँ ढाँचा जारी गरेपछि नेपालले प्लेअफ चरणबाटै खेल्नुपर्ने भएको हो ।

अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुने २०२६ को विश्वकपमा ४८ टोलीको सहभागिता रहनेछ । जसमा एसियाबाट ८ टोली विश्वकपमा छनोट हुनेछन् । एक टोलीले अन्तरमहादेशीय प्ले अफ खेल्नुपर्नेछ । प्ले अफबाट विश्वकपमा छनोट भए एसियाबाट ९ टोलीले विश्वकप खेल्नेछ । यसअघि एसियालाई विश्वकपमा चार स्थान तय थियो ।

नयाँ ढाँचा अनुसार विश्वकपमा छनोट हुन पुछारका टोलीले कम्तिमा चार चरणको छनोट पार गर्नुपर्नेछ । पहिलो चरणमा एसियाका २६ देखि ४७ औं वरीयतासम्मका टिमले खेल्नेछन् । यो छनोट चरणमा नेपाल रहनेछ । पछिल्लो वरीयतामा नेपाल एसियाको वरीयताको ३६औं स्थानमा रहेको छ । नेपालले कतार विश्वकप २०२२ का लागि दोस्रो चरणबाट छनोट खेलेको थियो । प्लेअफ चरण नेपालले उच्च वरीयता रहेका कारण खेल्नुपरेको थिएन ।

सन् २०१८ मा एक समय १ सय ६० वरीयतासम्म पुगेको नेपाली टोली हाल १ सय ७६ स्थानमा छ । पछिल्लो तीन महिनामा मात्र नेपाल १ सय ६७ स्थानबाट ९ स्थान तल झरिसकेको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यसअघि नेपालले पहिलो चरण खेल्नु नपर्ने गरि तयारी गर्ने भनेपनि पछिल्लो समय टोलीको वरीयता झन घटिरहेको छ ।

यसपटक पहिलो चरणको प्लेअफ होम एण्ड अवेको आधारमा हुनेछ । पहिलो चरणबाट ११ विजेता टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् । दोस्रो चरणमा १ देखि २५औं वरीयताका टिम तथा पहिलो चरणबाट छनोट भएका ११ टिम गरी ३६ टिमबीच प्रतिस्पर्धा हुनेछ । ३६ टिमलाई ९ समूहमा विभाजन गरिनेछ ।

दोस्रो चरणको ९ समूह मध्यबाट हरेक समूहका शीर्ष दुई टोलीले एसियन कप २०२७ मा प्रतिस्पर्धा गर्नेछन् । यिनै १८ टोलीले फिफा विश्वकपको लागि तेस्रो चरणको छनोट पनि खेल्नेछन् । तेस्रो चरणको छनोटमा ६ टोलीको ३ समूह हुन्छ र हरेक समूहका शीर्ष दुई टोली सिधै विश्वकपमा पुग्नेछन् ।

समूहका तेस्रो र चौथो हुने ६ टोलीले अर्को चरण छनोट खेल्नेछन् । ३ टोलीको दुई समूहबाट शीर्ष स्थानमा आउने टोली विश्वकपमा पुग्नेछ । समूहको दोस्रो हुने दुई टोलीले अन्तरमहादेशीय प्लेअफ खेल्न एक आपसमा भिड्नेछन् ।

March 30, 2025

१० खेलाडीमा‌ सिमित बुटवलसँग झापा रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी १० खेलाडी समेटिएको बुटवल लुम्बिनीबीसँग गोल रहित बराबरीमा रोकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनायो। बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा‌ झापाले गोल गर्न सकेन। दोस्रो हाफमा दुवै टिमले फितलो प्रदर्शन गर्दा खेल गोलरहित बराबरीमा सकिएको हो। अन्तिम २० मिनेट बुटवल १० खेलाडी समेटिए पनि यसको […]

March 30, 2025

टुसाल र आरसिटीको जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा आइतबार रानी पोखरी कर्नर टिम (आरसिटी) र टुसाल युथ क्लबले पहिलो जित दर्ता गरेका छन् । यसअघि लिगको पुछारमा रहेको आरसीटीसँग नयाँवस्ती युथ क्लब २-१ ले पराजित भयो । त्यस्तै टुसालले शत प्रतिशत नतिजा ल्याएको सरस्वती युथ क्लबलाई१-० ले हरायो । एन्फा कम्प्लेक्समा आज भएको दोस्रो […]

March 30, 2025

प्यालेस र फरेस्ट एफए कपको सेमिफाइनलमा

एजेन्सी – क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्ट शनिवार एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । एबेरेची इजेको एक गोल र एक असिस्टको मद्दतमा प्यालेसले फुलहमलाई ३-० ले हरायो । अर्को खेलमा गोलकिपर माट्ज सेल्स फरेस्टका लागि नायक बने। जसले उनले ४-३ को पेनाल्टी सुटआउट जित्न दुई बचाउ गरे। ब्राइटनसँगको खेल ०-० को बराबरीमा सकिएपछि टाइब्रेकर […]

Success

Thank you for your time.