default_image

2 years ago

August 1, 2022

रोनाल्डो फर्किएको खेलमा युनाइटेड रोकियो

116 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज भेट्रान सुपरस्टार क्रिस्टियानो रोनाल्डो फर्किएको प्रि–सिजनको अन्तिम मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ ।

युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा सुरुवाती अग्रता लिनका बावजुत त्यसलाई जोगाउन नसक्दा स्पेनिस क्लब रायो भायोकानोसँग १–१ गोलको को बराबरीमा रोकिएको हो ।

रोनाल्डोको भविष्यलाई लिएर यस ट्रान्सफर विन्डोमा व्यापक चर्चा भएपनि उनी अन्तत युनाइटेडको जर्सीमा देखिए । उनी प्रि–सिजनको लागि टोलीसँग सामेल भएनन् । तर उनको जादु पहिलो हाफमा चलेन ।

उनलाई दोस्रो हाफको सुरुमै अमद डियालोले प्रतिस्थापन गरे । रोनाल्डोको स्थानमै मैदान छिरेका डियालोले ४८औं मिनेटमा गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाए । ५७औं मिनेटमा अल्भारो गार्सियाले बराबरी गोल फर्काए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।

युनाइटेड अघिल्लो खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडसँग १–० ले पराजित भएको थियो । त्यसअघि, युनाइटेडले लिभरपुल, मेलबर्न भिक्टोरी र क्रिस्टल प्यालेसलाई हराउँदा एस्टन भिल्लासँग २–२ को बराबरी खेलेको थियो । युनाइटेडले अर्काे साताब्राइटनविरुद्धको खेलबाट प्रिमियर लिगको नयाँ सिजन सुरु गर्नेछ ।

आइतबार राति नै लेस्टर सिटीले सेभियालाई १–० ले हराउँदा लिड्स युनाइटेडले काग्लिएरीलाई ६–२ ले हराएको छ । वल्भ्स र फरेन्स ले तथा फुलहम र भिल्लारियलले समान १–१ गोलको बराबरी खेलेका छन् ।

यस्तै एसी मिलानले मार्सेलाई २–० ले पराजित गरेको छ । लिभरपुल स्ट्रासवर्गसँग ३–० ले पराजित हुँदा नेपोली र मलोर्काले १–१ गोलको बराबरी खेलेका छन् ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.