default_image

2 years ago

August 1, 2022

जर्मनीलाई हराउँदै इंग्ल्यान्ड युरो च्याम्पियन

170 views

0 Bookmark

एजेन्सी – आठपटकको च्याम्पियन जर्मनीलाई अतिरिक्त समयमा पराजित गर्दै इंग्ल्यान्ड पहिलोपटक महिला युरो च्याम्पियनसिपको च्याम्पियन बनेको छ ।

घरेलु मैदानमा इंग्ल्यान्डले जर्मनीलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै पहिलोपटक युरो च्याम्पियन बनेको हो । वेम्वली स्टेडियममा आइतबार राति भएको खेलमा इंग्ल्यान्डको जितमा एला टोन र क्लोइ केलीले गोल गरिन् । जर्मनीकी लिना मागुलले एक गोल फर्काइन् ।

रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६२औं मिनेटमा एला टोनले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाइन् । उनले केइरा वाल्सको पासमा गोल गर्न सफल भएकी थिइन् ।

७९औं मिनेटमा लिनाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् । त्यसपछि निर्धारित समयमा गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

अतिरिक्त समयको ११०औं मिनेटमा परिवर्तित खेलाडी क्लोइ केलीले गोल गर्दै इंग्ल्यान्डलाई जितसहित पहिलोपटक युरोपको च्याम्पियन बनाइन् । क्लोइ केली ६३औं मिनेटमा बर्थ मिडको स्थानमा मैदानमा प्रवेश गरेकी थिइन् ।

महिला युरोको इतिहासमा तेस्रोपटक फाइनलमा प्रवेश गरेको इंग्ल्यान्डले पहिलोपटक उपाधि जितेको हो । यसअघि इंग्ल्यान्ड सन् १९८४ मा स्वीडेनसँग टाइब्रेकरमा ४–३ ले तथा २००९ मा जर्मनीसँग ६–२ ले पराजित हुँदै उपाधि विमुख बनेको थियो ।

१२औं संस्करण जारी रहँदा जर्मनी नवौंपटक फाइनलमा प्रवेश गरेको जर्मनी यसपटक भने सफल भएन । जर्मनीले यसअघि फाइनल प्रवेश गरेको सबै आठैपटक च्याम्पियन बनेको थियो । जर्मनी १९८९, ९१, ९५, ९७, ०१, ०५, ०९ र १३ को च्याम्पियन हो ।

July 3, 2024

बराबरीमा रोकिए पनि ब्राजिल क्वाटरफाइनलमा

एजेन्सी – कोलम्बियासँग बराबरी खेल्दै रोक्दै ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलमा पुगेको छ। अमेरिकामा जारी कोपामा यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको कोलम्बियासँग बुधबार भएको खेल‌मा ब्राजिलले १-१ को बराबरी खेलेको हो। लेभिस स्टेडियममा बराबरी खेलेपछि कोलम्बिया समूह डीको विजेता र ब्राजिल उप विजेता बन्यो। ४ खेलमा अपराजित रहँदै कोलम्बियाले ७ अंक जोड्यो। अपराजित रहेको ब्राजिलको समान खेलमा […]

July 3, 2024

टर्की युरोको क्वाटरफाइनलमा

एजेन्सी – निकै रोमान्चक खेलमा अष्ट्रियालाई हराउँदै टर्कीले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । जर्मनीको लाइप्जिगमा टर्कीले २-१ को जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो । टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए । अष्ट्रियाले खेलको अन्त्यतिर लगातार आक्रमण बुन्दै गोल फर्काएपनि बराबरी भने गर्न सकेन […]

July 2, 2024

नेदरल्याण्ड्स युरोको क्वाटरफाइनलमा

एजेन्सी – रोमानियालाई हराउँदै नेदरल्याण्ड्स युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । म्युनिखमा भएको प्रिक्वाटरफाइनल खेलमा नेदरल्याण्ड्स ३-० ले विजयी भएको हो । २०औं मिनेटमा कोडी गाक्पोले सुरुवाती गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । जाभि सिमोन्सको पासमा उनले बक्स भित्रबाट नियर-पोस्टमा राम्रो फिनिस गरेका थिए । दोस्रो गोल ८३औं मिनेटमा डोन्यल मालेनले […]

Success

Thank you for your time.