default_image

2 years ago

July 31, 2022

नेपालको पहिलो प्रतिद्वन्द्वी भुटान

186 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अर्काे महिना नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आइतबार महिला साफको खेल तालिका सार्वजनिक गरेको हो ।

महिला साफ च्याम्पियनसिप भदौ २१ गते देखि असोज ३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । सार्वजनिक खेल तालिका अनुसार उद्घाटन खेलमा आयोजक नेपालले भुटानको सामना गर्नेछ । खेल भदौ २१ गते साँझ ५ः३० बजे हुनेछ । दोस्रो तथा समूह चरणको अन्तिम खेलमा नेपालले भदौ २८ गते श्रीलंकासँग खेल्नेछ ।

दोस्रो दिन समूह ‘बी’ को दुई खेल हुनेछ । तेस्रो दिन श्रीलंका र भुटानबीच प्रतिस्पर्धा हुनेछ । चौथो दिन समूह ए का दुई खेल नै हुनेछ । पाँचौ दिन नेपाल र श्रीलंकाबीच खेल हुनेछ । छैटौं दिन समूह एको अन्तिम खेलहरु हुनेछ ।

भदौ ३१ गते सेमिफाइनलका दुई खेल हुनेछ । त्यसपछि असोज ३ गते फाइनल हुनेछ । सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । यस्तै समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन् ।

December 17, 2024

फाल्गुनन्द गोल्डकप- उद्घाटन खेल आयोजक‌ र करसाङबीच हुने

दिपक बोहोरा,पाँचथर पाँचथर सदरमुकाम फिदिममा शनिवार सुरु हुने ११ औं फाल्गुनन्द गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक फिदिम स्पोर्टिङ क्लबले सामाजिक सञ्जाल मार्फत गोल्डकपको खेलतालिका सार्वजिक गरेका हुन् । उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले पाहुना टोली करसाङ एफसी भारतसँग प्रतिस्पर्धा गर्नेछ ।मच्छिन्द्र एफसी र झापा ११ फुटबल क्लबबीच पुस ७ गते दोस्रो […]

December 16, 2024

आर्मी झापा कपबाट बाहिरियो, सलहेश सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड उपाधिको दाबेदार मध्ये त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २-० ले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेश आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले […]

December 16, 2024

पाँचथर गोल्ड कप फागुनमा हुने

दिपक बोहोरा,पाँचथर पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक‌ विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको‌ छ। फागुनमा प्रतियोगिता हुने भने पनि मिति भने पछि तय हुने बताइएको छ । सहभागी टोलीको लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले  […]

Success

Thank you for your time.