default_image

2 years ago

July 31, 2022

नेपाल फाइनल पुग्न यस्तो छ समिकरण

364 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू२० राष्ट्रिय फुटबल टोलीले साफ यू२० च्याम्पियन्सिप अन्तर्गत आइतबार साविक विजेता भारतसँग ८-० को हार बेहोर्यो । फराकिलो हारका बाबजुद नेपालको फाइनल पुग्ने सम्भावना भने जिवित रहेको छ ।

नेपालले प्रतियोगिताको सुरुवाती दुई खेलमा गोल नखाएपनि भारतविरुद्ध भने सोच जस्तो प्रदर्शन गर्न सकेन । पहिलो हाफमा खेल प्रतिस्पर्धात्मक नै थियो । गोलरक्षकको गल्तीमा भारतले अग्रता लिँदा पहिलो हाफ १-० मा सकियो । दोस्रो हाफमा नेपालविरुद्ध ७ गोल थप्दै भारतले फाइनल पुग्न बलियो दावेदारी प्रस्तुत गर्यो ।

यस हारसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । बंगलादेश ३ खेलमा ९ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल र भारतको समान ३ खेलमा ६ अंक भएपनि हेड टु हेडमा भारत अघि छ । १-१ अंक जोडेका माल्दिभ्स र श्रीलंका प्रतियोगिताबाट बाहिरिएका छन् ‌‌।

हार बेहोरेपनि नेपाल प्रतियोगिताको फाइनल प्रवेश गर्ने सम्भावना भने जिवित छ । नेपालले बंगलादेशलाई ५ गोलको अन्तरले पराजित गरे फाइनलमा स्थान पक्का गर्नेछ । बंगलादेशसँग बराबरी भएको खण्डमा भने भारत माल्दिभ्ससँग पराजित भए नेपाललाई पुग्छ । माल्दिभ्स र भारत बराबर भए नेपालले बंगलादेशलाई १ गोलले हराए पनि पुग्नेछ ।

मंगलबार हुने खेलमा नेपालले बंगलादेश तथा भारतले माल्दिभ्सको सामना गर्नेछ । फाइनल खेल शुक्रबार हुनेछ ।

January 7, 2025

प्रधानमन्त्री ओलीद्वारा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियन च्याम्पियन्सिप कराते र काभा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापनकलाई पुरस्कृत गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयद्वारा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल सरकार, मन्त्रिपरिषद्को मंसिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको […]

January 7, 2025

वल्भ्समाथि नटिङघमको सहज जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा वल्भ्समाथि नटिङघम फरेस्टले सहज जित हासिल गरेको छ । नटिङघमले सोमवार वल्भ्सलाई ३-० ले पराजित गरेको हो । वल्भ्सको घरेलु मैदानमा भएको खेलमा नटिङघमको जितमा मोर्गन ह्वाइट, क्रिस वुड र ताइवो अवोनियीले गोल गरे । खेलको सातौं मिनेटमा गोल गर्दै मोर्गनले पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाए । नटिङघमका लागि वुडले […]

January 7, 2025

रियलको सानदार जित

एजेन्सी – स्पेनिस कोपा डेल रेमा रियल म्याड्रिडले अन्तिम ३२ को खेलमा सानदार जित हासिल गरेको छ । रियलले अन्तिम १६ मा स्थान बनाएको छ । रियलले सोमवार डिर्पोटिभा मिनेरालाई ५-० ले पराजित गरेको हो । मिनेराको घरेलु मैदानमा रियललाई जित दिलाउँन आर्दा गुलेरले २, फेडेरिको भाल्भर्डे, एडुआर्डो कामाभिंगा र लुका मोड्रिचले समान गोल गरे […]

Success

Thank you for your time.