2 years ago
July 31, 2022
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू२० च्याम्पियन्सिपको समूह चरणको तेस्रो खेलमा नेपाल भारतसँग ८-० ले पराजित भएको छ । साफको उमेर समूह प्रतियोगितामा नेपालले भोगेको यो सबैभन्दा फराकिलो हार हो ।
पहिलो हाफमा निकै प्रतिस्पर्धात्मक चलेको खेलमा भारतले दोस्रो हाफ गोल वर्षा गर्यो । गोलरक्षकको गल्तीको फाइदा उठाउँदै अग्रता लिएको भारतले दोस्रो हाफमा भने नेपाललाई कुनै मौका दिएन ।
खेलको ३२ अौं मिनेटमा टाइसन सिंह लोइटङबमले भारतका लागि गोल गरेका हुन् । नेपालका गोलरक्षक इश्वर गुरुङको गल्तीको फाइदा उठाउँदै उनले गोल गरे । बायाँ विंगबाट आएको क्रस विना कुनै दवाव समाउने क्रममा इश्वरको हातबाट फुस्किएको थियो । उक्त बल भुइँमा नझर्दै टाइसनले हेडरमार्फत गोल गरे ।
दोस्रो हाफको सुरुवातमै भारतले लगातार गोल गर्दै अग्रता बढायो । पार्थिव गोगोइले ५२ अौं मिनेटमा गोल गर्दै २-० ले अघि बढाए । उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहार गोल भएको थियो । त्यसको एक मिनेटमै पार्थिवले व्यक्तिगत दोस्रो गोल थपे । यसपटक उनले थ्रु पासमा अफसाइड बिट गर्दै सुन्दर चिप प्रहारमा गोल गरे ।
६२ अौं मिनेटमा टाइसनले गोल गर्दैै भारतलाई ४-० ले अघि बढाए । ७१ अौं मिनेटमा भारतले पेनाल्टीको अवसर पायो । हिमांशु झाङ्ग्राले गोल गर्दै स्कोर ५-० बनाए । टंकधरले ७८ अौं मिनेटमा गोल गर्दै ६ गोलले अघि बढाए । गुर्किरत सिंहले ८९ अौं मिनेटमा गोल गर्दै ७-० बनाए । सुभो पलले इन्जुरी समयमा गोल गर्दै ८-० को जित दिलाए ।
यस हारसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । बंगलादेश ३ खेलमा ९ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल र भारतको समान ३ खेलमा ६ अंक भएपनि हेड टु हेडमा भारत अघि छ । १-१ अंक जोडेका माल्दिभ्स र श्रीलंका प्रतियोगिताबाट बाहिरिएका छन् ।
अब नेपालले प्रतियोगिताको फाइनल प्रवेश गर्ने सम्भावना भने जिवित छ । नेपालले बंगलादेशलाई ५ गोलको अन्तरले पराजित गरे फाइनलमा स्थान पक्का गर्नेछ । बंगलादेशसँग बराबरी भएको खण्डमा भने भारत माल्दिभ्ससँग पराजित भए नेपाललाई पुग्छ । माल्दिभ्स र भारत बराबर भए नेपालले बंगलादेशलाई १ गोलले हराए पनि पुग्नेछ ।
मंगलबार हुने खेलमा नेपालले बंगलादेश तथा भारतले माल्दिभ्सको सामना गर्नेछ । फाइनल खेल शुक्रबार हुनेछ ।
यसअघि हेडलाइनमा ‘भारतसँग नेपालको लज्जास्पद हार’ हुनुपर्नमा अन्यथा हुन गएकोमा क्षमाप्रार्थी छौं । – सम्पादक
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]
December 17, 2024
हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]