default_image

3 years ago

July 31, 2022

टाइसनको गोलमा भारतलाई अग्रता

349 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू२० च्याम्पियन्सिप अन्तर्गत समूह चरणको तेस्रो खेलमा भारतले नेपालविरुद्ध सुरुवाती अग्रता लिएको छ । पहिलो हाफमा भारत १-० ले अघि छ ।

खेलको ३२ अ‍ौं मिनेटमा टाइसन सिंह लोइटङबमले भारतका लागि गोल गरेका हुन् । नेपालका गोलरक्षक इश्वर गुरुङको गल्तीको फाइदा उठाउँदै उनले गोल गरे । बायाँ विंगबाट आएको क्रस विना कुनै दवाव समाउने क्रममा इश्वरको हातबाट फुस्किएको थियो । उक्त बल भुइँमा नझर्दै टाइसनले हेडरमार्फत गोल गरे ।

त्यसअघि खेलको सुरुवातबाट नै भारतले नेपालमाथि दवाव कायम गरेको थियो । विंगबाट अधिकांश आक्रमण बुनेको भारतविरुद्ध नेपाली डिफेन्स व्यस्त देखिएको छ । नेपालले आक्रमण बुन्ने प्रयास गरेपनि भारतीय गोलरक्षकलाई समस्या दिन सकेको छैन ।

आजको खेलमा नेपालले पछिल्लो खेलबाट एक परिवर्तन गरेको छ । सन्दीप कार्कीको स्थानमा मनग्य नकर्मी टोलीमा आएका छन् । उनी श्रीलंकाविरुद्ध पनि दोस्रो हाफमा मैदान छिरेर गोल गरेका थिए ।

टोलीसँग सिनियर राष्ट्रिय टोलीबाट अनुभव बटुलिसकेका मिडफिल्डर तथा टोलीका कप्तान आयुष घलानको साथ रहेको छ । आयुषसँगै अग्रपङ्तिमा मनग्य नकर्मी र सुगम सुवालले दुवै खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । दिपेश गुरुङ, कृतिश रत्न छुन्जु र आशिष राई मिडफिल्डमा छन् । सुमित श्रेष्ठ, अजय चौधरी, अमर श्रेष्ठ, अभिषेक वाइवाले गोलरक्षक इश्वर गुरुङलाई साथ दिनेछन् । मनग्य नकर्मीले बेन्चबाट आएर पछिल्लो दुवै खेलमा गोल गरेका थिए ।

राउन्ड रोविन लिगको तीन चरणको खेल जारी रहँदा बंगलादेश तीन खेलमा तीन जितसहित ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । नेपाल दुई खेलमा दुई जितसहित ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । भारत दुई खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहँदा माल्दिभ्स र श्रीलंकाको १-१ अंक छ ।

आज भएको पहिलो खेलमा १-१ को बराबरी‌ खेलेपछि दुवै टोली बाहिरिएका हुन् ।नेपालले राउन्ड रोविन लिगको अन्तिम खेलमा मंगलबार बंगलादेशको सामना गर्नेछ । राउन्ड रोविन लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि २० साउनमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालको सुरुवाती ११ : इश्वर गुरुङ, अजय चौधरी, अमर श्रेष्ठ, अभिषेक वाइवा, दिपेश गुरुङ, कृतिश रत्न छुन्जु, मनग्य नकर्मी, सुमित श्रेष्ठ, आशिष राई, सुगम सुवाल, आयुष घलान (कप्तान)

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.