2 years ago
July 31, 2022
एजेन्सी – जर्मन महारथी बायर्न म्युनिख जर्मन सुपर कप च्याम्पियन बनेको छ । बुन्डेसलिगा प्रतिद्धन्द्धी आरबी लाइप्जिगलाई ५–३ ले पराजित गर्दै बायर्न च्याम्पियन बनेको हो ।
रेड बुल एरिना लाइप्जिगमा शनिबार राति भएको खेलमा बायर्नलाई च्याम्पियन बनाउन जमल मुसिएला, साडियो माने, बेन्जामिन पाभार्ड, सर्ज जिनाब्री र लिरोए सानेले गोल गरे । लाइप्जिगका मार्सेल हाल्सटेनवर्ग, क्रिस्टोफोर एनकुुकु र ड्यानियल ओल्मोले गोल फर्काए ।
गोलको वर्षा भएको खेलको १४औं मिनेटमा जमल मुसिएलाको गोलबाट बायर्नले सुरुवाती अग्रता लिएको थियो । उनले लुकास हर्नान्डेजको पासमा गोल गर्न सफल भएका थिए । ३१औं मिनेटमा जिनाब्रीको पासमा मानेले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा पाभार्डले मुसिएलाको पासमा गोल गरेपछि बायर्न खेलमा ३–० ले अघि बढ्यो । ५९औं मिनेटमा मार्सेल हाल्सटेनवर्गले गोल गर्दै लाइप्जिगलाई खेलमा फर्कने संकेत दिए । ६६औं मिनेटमा जिनाब्रीले गोल गरेपछि बायर्न सहज जिततर्फ अग्रसर बन्यो ।
७७औं मिनेटमा क्रिस्टोफोर एनकुुकुले पेनाल्टीमा गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याए । ८९औं मिनेटमा ड्यानियल ओल्मोले गोल गर्दै खेललाई ४–३ को रोमाञ्चक स्थितिमा ल्याए । तर इन्ज्युरी समयको थप गरिएको आठौं मिनेटमा लिरोए सानेले अलफन्सो डाभिसको पासमा गोल गर्दै बायर्नलाई च्याम्पियन बनाए ।
नयाँ सिजनमा बायर्नको यो पहिलो उपाधि हो । अब एक सातापछि बुन्डेसलिगासँगै अन्य घरेलु प्रतियोगिता शुरु हुनेछ । जर्मन सुपर कप बुन्डेसलिगा च्याम्पियन र डिएफवी पोकल च्याम्पियनबीच नयाँ सिजन शुरु हुनुअघि खेल्ने प्रावधान छ ।
सुपरकपको सर्वाधिक सफल बायर्नले लगातार तेस्रो पटक तथा समग्रमा १०औं पटक उपाधि जितेको हो । यसअघि बायर्नले १९८७, ९०, ०१०, १२, १६, १७, १८, २० र २१ म उपाधि जितेको थियो । बायर्न भन्दा पछि बोरुसिया डर्टमुन्डले ६ पटक उपाधि जितेको छ ।
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]
December 17, 2024
हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]