default_image

2 years ago

July 30, 2022

जेससको ह्याट्रिकमा आर्सनलको सानदार जित

99 views

0 Bookmark

एजेन्सी – ब्राजिली विंगर फरवार्ड गाब्रियल जेससको ह्याट्रिक मद्दतमा लन्डन क्लब आर्सनलले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ ।

आर्सनलले घरेलु मैदानमा स्पेनिस प्रतिद्धन्द्धी सेभियामाथि ६–० को सानदार जित निकालेको हो । आर्सनलको जितमा यसै समरमा क्लबमा आएका जेससले ह्याट्रिक पूरा गर्दा बुकायो साकाले दुई तथा इडुआर्ड एनकेइटाले एक गोल थपे ।

इमिरेट्स स्टेडियम लन्डनमा शनिबार राति भएको एकपक्षीय खेलको १९ मिनेटभित्रै ४–० को आरामदायी अग्रता लिन सफल भएको थियो । आर्सनलले ९ मिनेटको अन्तरमा चार गोल गन सफल भएको थियो ।

१०औं मिनेटमा बुकायो साकाले पेनाल्टीमा गोल गर्दै आर्सनलको गोलको खाता खोले । १३औं मिनेटमा जेससले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । १५औं मिनेटमा जेससले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो तथा १९औं मिनेटमा साकाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि आर्सनल खेलमा ४–० को आरामदायी स्थितिमा अघि बढ्यो ।

७७औं मिनेटमा जेसस ह्याट्रिक पूरा गर्दा आर्सनल खेलमा ५–० ले अघि बढ्यो । आर्सनल यतिमै रोकिएन । ८८औं मिनेटमा परिवर्तित खेलाडी एनकेइटाले गोल गर्दै आर्सनलको फराकिलो जित सुनिश्चित गरे । एनकेइटा ७९औं मिनेटमा साकाको स्थानमा मैदान छिरेका थिए । मुख्य डिफेन्डर जुल्स कुन्डेले क्लब छाडेपछि सेभियाको रक्षापङ्ति निकै फितलो बनेको थियो ।

प्रि–सिजनका आर्सनलको यो लगातार पाँचौ जित हो । यसअघि आर्सनलले नर्नवर्गलाई ५–३, एभर्टनलाई २–०, ओर्लान्डो सिटीलाई ३–१ र चेल्सीलाई ४–० ले पराजित गरेको थियो ।

July 3, 2024

बराबरीमा रोकिए पनि ब्राजिल क्वाटरफाइनलमा

एजेन्सी – कोलम्बियासँग बराबरी खेल्दै रोक्दै ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलमा पुगेको छ। अमेरिकामा जारी कोपामा यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको कोलम्बियासँग बुधबार भएको खेल‌मा ब्राजिलले १-१ को बराबरी खेलेको हो। लेभिस स्टेडियममा बराबरी खेलेपछि कोलम्बिया समूह डीको विजेता र ब्राजिल उप विजेता बन्यो। ४ खेलमा अपराजित रहँदै कोलम्बियाले ७ अंक जोड्यो। अपराजित रहेको ब्राजिलको समान खेलमा […]

July 3, 2024

टर्की युरोको क्वाटरफाइनलमा

एजेन्सी – निकै रोमान्चक खेलमा अष्ट्रियालाई हराउँदै टर्कीले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । जर्मनीको लाइप्जिगमा टर्कीले २-१ को जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो । टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए । अष्ट्रियाले खेलको अन्त्यतिर लगातार आक्रमण बुन्दै गोल फर्काएपनि बराबरी भने गर्न सकेन […]

July 2, 2024

नेदरल्याण्ड्स युरोको क्वाटरफाइनलमा

एजेन्सी – रोमानियालाई हराउँदै नेदरल्याण्ड्स युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । म्युनिखमा भएको प्रिक्वाटरफाइनल खेलमा नेदरल्याण्ड्स ३-० ले विजयी भएको हो । २०औं मिनेटमा कोडी गाक्पोले सुरुवाती गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । जाभि सिमोन्सको पासमा उनले बक्स भित्रबाट नियर-पोस्टमा राम्रो फिनिस गरेका थिए । दोस्रो गोल ८३औं मिनेटमा डोन्यल मालेनले […]

Success

Thank you for your time.