default_image

2 years ago

July 30, 2022

‘भारतसँगको खेल समर्थकलाई विशेष’ – प्रशिक्षक केसी

205 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-२० राष्ट्रिय फुटबल टोलीले साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आइतबार तेस्रो खेलमा भारतको सामना गर्दैछ । खेलको पूर्वसन्ध्यामा मुख्य प्रशिक्षक मेघराज केसीले भारतविरुद्धको खेल समर्थकका लागि विशेष रहने गरेको बताएका छन् ।

प्रशिक्षक केसीले नेपाली टोली योजना बनाएर आएकाले अन्य खेलजस्तै भारतको खेलका लागि पनि तयार रहेको बताए । ‘नेपालबाट आउँदा नै हामी सबै ४ टोलीसँग खेल्न आएका हौं । नेपाल हुँदा नै हामीलाई तेस्रो खेल भारत र चौथो बंगलादेशसँग खेल्ने भन्ने थाहा थियो । हाम्रो टिमले एकजुट भएर मिहिनेत गरेको छ,’ उनले भने, ‘त्यो अनुसार प्रदर्शन हुनेमा ढुक्क छु । हामी विना योजना आएको पनि होइन । त्यसैले सबै चार टिमलाई बलियो प्रतिस्पर्धीको रुपमा लिएको छु र सबैलाई हराउने गरी मिहिनेत गर्नुपर्छ ।’

यसअघि यू-१९ र यू-१८ शीर्षकमा भएको यस प्रतियोगिताको सुरुवाती दुई संस्करण नेपालले जितेको थियो । तेस्रो संस्करणमा भने नेपाल समूह चरणबाट नै बाहिरिएको थियो । प्रशिक्षक केसी उमेर समूहमा सबै टोली उस्तै रहेको बताउँछन् । ‘उमेर समूहमा दक्षिण एसियाको सबै टोली उस्तै छन् । कहिलेकाहीं तलमाथि देखिने हो । खास फरक छैन,’ उनले भने ।

फुटबलमा भारतसँग नेपालको खेल प्रतिस्पर्धात्मक रहने गर्छ । सिनियर फुटबलमा भारत हावी भएपनि उमेर समूहमा भने मिश्रित नतिजा आउने गरेको छ । यसपटक नेपालसामु फाइनलमा स्थान पक्का गर्ने अवसर त छ नै, भारतको लागि प्रतियोगितामा कायम रहन थप दबाब छ । प्रशिक्षक केसी समर्थकका लागि खेल विशेष रहेपनि टिमका लागि अर्को एउटा खेल रहेको बताउँछन् ।

‘भारतसँगको खेलमा हाम्रो लागि साँध जोडिएको हुनाले समर्थकले केही विशेष रुपमा हेर्नुहुन्छ । वहाँहरुको चाहना पनि त्यही अनुरुपको हुन्छ,’ केसीले थपे, ‘हामीले फुटबलमा आफूले जानेको सिकेको खेलमा प्रयोग गरेर विपक्षीलाई हराउने प्रयास गर्छौं । अरुले के सोच्छ भन्दापनि हामीले राम्रो प्रदर्शनका साथ जित हासिल गर्न चाहन्छौं ।’

प्रशिक्षक केसीले भारतविरुद्ध खेलअघि कुनै चोटको समस्या नरहेको बताए । ‘हामी भारत आएदेखि नै टिममा चोटको कुनै समस्या छैन । तुलनात्मक रुपमा गर्मी छ तर खेलाडी भएपछि गर्मी सहनु पर्छ । हामी नेपालबाट हिडेको अवस्थामा नै अहिले पनि छौं,’ उनले भने ।

प्रतियोगिताको अंक तालिकामा बंगलादेश शीर्षस्थानमा छ । ३ खेलमा ९ अंक जोड्दै बंगलादेश फाइनलमा पुग्ने लगभग पक्का देखिन्छ । दोस्रो स्थानको नेपालको २ खेलमा ६ अंक छ । भारत २ खेलमा ३ अंकसाथ तेस्रो स्थानमा छ । पुछारमा रहेका माल्दिभ्स र श्रीलंकाले कुनै अंक जोडेका छैनन् । ३ खेल हरेको श्रीलंका समूह चरणबाट बाहिरिंदा माल्दिभ्सको सम्भावना अंक गणितमा सिमित छ ।

प्रतियोगिताको समूह चरणबाट शीर्ष २ टोलीले फाइनल खेल्नेछन् । नेपालले अब ३१ जुलाईमा भारत र २ अगस्टमा बंगलादेशसँग खेल्नेछ । फाइनल ५ अगस्टमा हुनेछ ।

December 16, 2024

पाँचथर गोल्ड कप फागुनमा हुने

दिपक बोहोरा,पाँचथर पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक‌ विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको‌ छ। फागुनमा प्रतियोगिता हुने भने पनि मिति भने पछि तय हुने बताइएको छ । सहभागी टोलीको लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले  […]

December 16, 2024

बार्सिलोना पराजित, एट्लेटिको दोस्रो स्थानमा

एजेन्सी- स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनाले अंक दूरी बढाउने मौका चुकाएको छ। बार्सिलोना आइतबार घरेलु मैदानमा लेगानेससँग १-० ले पराजित भएको हो । चौथो मिनेट मै सर्जियो गोन्जालेजले गरेको गोल बार्सिलोनालाई हराउन पर्याप्त बन्यो । अर्को खेलमा एट्लेटिको मड्रिड विजयी हुँदै दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा गेटाफेलाई १-० ले हराउँदै एट्लेटिको रियल म्याड्रिडलाई‌ […]

December 16, 2024

म्यानचेस्टर डर्बीमा युनाइटेडको जित

एजेन्सी – खेलको अन्त्यतिर २ गोल गर्दै म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । म्यानचेस्टर डर्बीमा पुनरागमन जित निकाल्ने क्रममा आइतवार युनाइटेडले सिटीलाई २-१ पराजित गरेको हो।जस्को ग्याब्राडिलोले हेड मार्फत गोल गर्दै सिटीलाई पहिलो हाफमा १-० को अग्रता दिलाए। ब्रुनो फर्नान्डेजले ८८ औं‌ मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काए। अमाड डेल्लोले उच्च […]

Success

Thank you for your time.