default_image

2 years ago

July 29, 2022

सन्दीप प्रदेश खेलकुद बोर्डको सदस्य नियुक्त

339 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व उप कप्तान सन्दीप राई प्रदेश नम्बर १ को प्रदेश खेलकुद विकास बोर्डको सदस्य नियुक्त भएका छन् ।

प्रदेश १ का सामाजि विकास मन्त्री राजन राईले बिहीबार सन्दीपलाई प्रदेश खेलकुद विकास बोर्ड नियुक्त गरेका थिए । सुनसरी दुहबीका का स्थायी बासिन्दा सन्दीपले लामो समय थ्री स्टार क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए ।

सम्बन्धित क्षेत्रकै व्यक्तिलाई बोर्डमा नियुक्त गर्नु सकारात्मक भएको सन्दीपले बताए । ‘पूर्व खेलाडी भएका नाताले खेलकुद क्षेत्र मेरो लागि नयाँ होइन । खेलकुदको अवस्था थाहा छ र अरु बुझ्न पनि सहज हुन्छ,’ उनले भने,‘ प्रदेशमा धेरै भन्दा धेरै खेल गराउने र खेल क्षेत्रमै भविष्य सुनिश्चित छ भन्ने सन्देश दिनका लागि मेरो प्रयास हुनेछ ।’

थ्री स्टार अघि उनले मनाङ मस्र्याङ्दी क्लब, एनआरटी भारतको मोहम्मडन स्पोर्टिङ क्लबबाट पनि व्यवसायिक फुटबल खेलेका थिए । सन् २००७ बाट झण्डै ८ वर्ष राष्ट्रिय टोलीबाट खेल्दा उनले ३ गोल गरेका थिए ।

September 29, 2024

ओसासुनासँग बार्सिलोना स्तब्ध

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोना ओसासुनासँग स्तब्ध बनेको छ । घरेलु मैदानमा ओसासुनाले यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनालाई ४–२ ले स्तब्ध पारेको हो । ला लिगामा यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनाको पहिलो हार हो । यससँगै यो सिजनको ला लिगामा बार्सिलोनाको आठौं खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ । यसअघि […]

September 28, 2024

पाल्मेरको ४ गोलमा चेल्सीको जित

एजेन्सी – कोल पाल्मेरको ४ गोल सहयोगमा चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । चौथो जित निकाल्नेक्रममा चेल्सीले ब्राइटनलाई ४-२ ले हराएको हो । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीका पाल्मेरले २१औं, २८औं र ३१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलमा अगता भने ब्राइटनले लिएको थियो । जर्जिनियो रुटरको गोलमार्फत […]

September 28, 2024

सिटीको लगातार दोस्रो बराबरी

एजेन्सी –इङ्ग्लिस प्रियिमर लिग(इपिएल)को शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लगातार दोस्रो बराबरी खेलेको छ । लगातार दोस्रो बराबरी खेल्ने क्रममा साविक विजेता सिटी शनिवार न्युक्यासल युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ । न्युकासलको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि जेस्को जिभार्डियोल र न्युक्यासल एन्थोनली गोर्डनले गोल गरे । खेलमा अग्रता भने सिटीले लिएको थियो । […]

Success

Thank you for your time.