default_image

2 years ago

July 28, 2022

रोनाल्डो भित्र्याउन चाहे एटलेटिकोले ग्रिजमन छोड्नुपर्ने

105 views

0 Bookmark

एजेन्सी – क्रिस्टियानो रोनाल्डो एट्लेटिको म्याड्रिड जान सक्ने चर्चा अझै सेलाएको छैन । यद्दपी क्लबका अध्यक्ष इन्रिके केरेजोले रोनाल्डोलाई लिन सम्भव नभएको बताएका थिए । तर एन्टोइन ग्रिजमनलाई विदा गर्दै रोनाल्डोलाई भित्र्याउने विषयमा पनि क्लबका चर्चा भएको बताइएको छ ।

एटलेटिको बोर्डभित्र ग्रिजमन जाने र रोनाल्डो आउने चर्चा चलेको छ । ग्रिजमनले पनि एट्लेटिको छाडेर अन्य क्लब जान चाहेको स्पेनी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । बार्सिलोनाबाट लोनमा एट्लेटिको पुगेका उनको यो दोस्रो सिजन हो । तर, उनको निरन्तरतालाई लिएर आशंका सुरु भएको छ ।

यद्दपी ग्रिजमन आफैं वा क्लबका प्रशिक्षक डिएगो सिमिओनीले भने यो विषयमा केहि बोलेका छैनन् । अर्जेन्टिनी प्रशिक्षकले भने ग्रिजमनलाई बलियो साथ दिँदै आएका छन् ।

रोनाल्डो आउने र ग्रिजमन जाने विषयलाई भने एट्लेटिकोले सम्भावनाका रुपमा हरेको बताइन्छ । चर्को पारिश्रमिकका कारण बार्सिलोनाले गत सिजन ग्रिजमनलाई लोनमा पठाएको थियो । बार्सिलोना आफैंपनि अहिले उनलाई लिन सक्ने अवस्थामा छैन ।

मोराटा र ग्रिजमनको भविष्य

यदि रोनाल्डो एट्लेटिको आबद्ध भएको खण्डमा कम्तीमा उनी एक वर्ष बस्नेछन् । रोनाल्डो आउने र ग्रिजमन जाने हो भने टोलीलाई अर्को एक खेलाडीको बाहिर पठाउन आवश्यक हुन्छ । त्यसमा एल्भारो मोराटा विकल्प हुन सक्नेछन् । मोराटा २ सिजन युभेन्ट्समा बिताएर लोनबाट फर्केका छन् । युभेन्ट्सले अहिले पनि उनलाई फर्काउन चाहिरहेको बताइन्छ ।

मोराटा र ग्रिजमन दुवैले एट्लेटिको छाडेको अवस्थामा भने रोनाल्डो त्यहाँ पुग्न सक्छन् । तर उनको आगमनका लागि टोली दुई ठूला स्टार गुमाउनुपर्ने देखिन्छ ।

July 5, 2024

हर्दीको पहिलो जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आज हर्दी युवा समाजले जित हासिल गरेको छ । लिगमा पहिलो जित निकालेको हर्दीले शुक्रबार एभरेष्ट क्लबलाई ३-० ले हराएको हो । हर्दीको जितमा सन्तोष थिङले ह्याट्रिक गरे । सन्तोषले खेलको सातौं, ४५ औं र ४७ औं मिनेटमा गोल गरे । लिगमा ह्याट्रिक गर्ने […]

July 5, 2024

दुई उपाधि दावेदारको क्वाटरफाइनल भिडन्त

एजेन्सी – युरो २०२४ मा हालसम्म सबैभन्दा बलियो देखिएका दुई टोलीले क्वाटरफाइनलको सुरुवात गर्दैछन् । अलग जोश र घरेलु भूमिमा उपाधिका लागि तत्पर घरेलु टोली जर्मनी तथा युवा जोशले भरिपूर्ण स्पेन आज ९:४५ बजे सेमिफाइनलमा स्थान बनाउनका लागि भिड्दै छन् । जर्मनीले १९९६ यता युरो कपको उपाधि जित्न सकेको छैन । युरो जितेयता विश्वकप कै […]

July 5, 2024

इक्वेडोरलाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

एजेन्सी – इक्वेडोरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । गोलरक्षक इमिलियानो मार्टिनेजले पेनाल्टी सुटआउटमा दुई वटा पेनाल्टी बचाउँदै ४-२ को जित निकालेपछि शुक्रबार अर्जेन्टिना लगातार पाँचौं पटक सेमिफाइनलमा प्रवेश गरेको हो । कोपा अमेरिकामा क्वाटरफाइनल र सेमिफाइनलमा बराबरीको खण्डमा खेल सिधै पेनाल्टी सुटआउटबाट निर्धारण हुने प्रावधान छ […]

Success

Thank you for your time.