2 years ago
July 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समूह चरण अन्तर्गत दुई खेल पूरा हुँदा नेपाल शीर्षस्थानमा छ । लगातार दोस्रो जितसहित नेपाल अंक तालिकाको शीर्षस्थानमा रहेको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) क्षेत्रका ५ टोली सहभागी प्रतियोगितामा सबै टोलीले एक अर्कासँग समूह चरणमा खेल्नेछन् । समूहका शीर्ष दुई टोलीले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल अगस्ट ५ तारिखमा हुनेछ । हालसम्म नेपाल र बंगलादेशले खेलेका दुवै खेल जित्दै फाइनल पुग्ने बलियो सम्भावना बनाएका छन् । साविक विजेता तथा आयोजक भारत, माल्दिभ्स र श्रीलंका भने अंकविहिन छन् ।
भारतले अहिलेसम्म एक खेल मात्र खेलेको छ । बुधबार भएको पहिलो खेलमा भारत बंगलादेशसँग २-१ ले पराजित भएको थियो । त्यसअघि सोमबार बंगलादेशले श्रीलंकालाई १-० ले हराएको थियो । नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ४-० र आज बुधबार भएको खेलमा श्रीलंकालाई ३-० ले हराएको थियो ।
प्रतियोगिताको समिकरण हेर्दा अब भारत फाइनल पुग्ने वा नपुग्ने छिनोफानो नेपालकै हातमा रहेको छ । नेपालले समूह चरणको अर्को खेलमा ३१ जुलाईमा भारतको सामना गर्नेछ । उक्त खेलमा भारतलाई पराजित गरे नेपाल फाइनलमा पुग्नेछ । यो मात्र होइन नेपालको जितले भारतको फाइनल पुग्ने सम्भावना पनि बन्द हुनेछ । कारण अन्य २ खेलमा भारतले समान ६ अंक जोडेपनि हेड टु हेडमा बंगलादेश अगाडि छ ।
नेपाल र भारतको खेल बराबरी भएको अवस्थामा भने नेपाल फाइनल पुग्ने सम्भावना बलियो बन्नेछ । त्यसो भएको खण्डमा भारतले आफ्नो र अन्य टोलीको अर्को नतिजा कुर्नुपर्ने हुन्छ । नेपाल वा बंगलादेशले अर्को खेल जितेमा भारतको फाइनल पुग्ने सम्भावना सकिनेछ ।
भारतले नेपाललाई पराजित गरेको अवस्थामा भने नेपाल र बंगलादेशको खेल सेमिफाइनल सरहको हुनेछ । फाइनल समिकरणका लागि अन्य खेलको नतिजा पनि हेर्नुपर्ने हुन्छ ।
अहिलेको स्थितिमा नेपालको २ खेलबाट ६ अंकसाथ अंक तालिकाको शीर्षस्थानमा छ । दोस्रो स्थानको बंगलादेशको पनि ६ अंक रहेको छ । गोलअन्तरमा नेपालले बंगलादेशलाई पछि पारेको हो । भारत, माल्दिभ्स र श्रीलंकाले भने अंकको खाता खोलेका छैनन् । लिग चरणपछि शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ । नेपालले अब ३१ जुलाईमा भारतको सामना गर्नेछ । बंगलादेशसँग खेल २ अगस्टमा छ । फाइनल ५ अगस्टमा हुनेछ ।
यो पनि पढ्नुहोस : श्रीलंकालाई हराउँदै नेपाल फाइनलनजिक
December 17, 2024
दिपक बोहोरा,पाँचथर पाँचथर सदरमुकाम फिदिममा शनिवार सुरु हुने ११ औं फाल्गुनन्द गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक फिदिम स्पोर्टिङ क्लबले सामाजिक सञ्जाल मार्फत गोल्डकपको खेलतालिका सार्वजिक गरेका हुन् । उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले पाहुना टोली करसाङ एफसी भारतसँग प्रतिस्पर्धा गर्नेछ ।मच्छिन्द्र एफसी र झापा ११ फुटबल क्लबबीच पुस ७ गते दोस्रो […]
December 16, 2024
हिमाल खरेल,बिर्तामोड उपाधिको दाबेदार मध्ये त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २-० ले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेश आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले […]
December 16, 2024
दिपक बोहोरा,पाँचथर पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको छ। फागुनमा प्रतियोगिता हुने भने पनि मिति भने पछि तय हुने बताइएको छ । सहभागी टोलीको लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले […]