2 years ago
July 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू २० मा आयोजक समेत रहेको साविक विजेता भारत पहिलो खेलमै पराजित भएको छ । भुवनेश्वरको कालिंगा रंगशालामा बुधबार भएको खेलमा बंगलादेशले भारतलाई २–१ ले पराजित गर्दै च्याम्पियनसिपमा बलियो दाबेदारी प्रस्तुत गरेको छ ।
बंगलादेशको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हराएको थियो । अर्को खेलमा भने नेपालले माल्दिभ्सलाई ४–० ले हराएको थियो । आजै हुने अर्को खेलमा नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।
बंगलादेशलाई महत्वपूर्ण जित दिलाउन मोहम्मद अहमत नोभाले २ गोल गरेका थिए । भारतका लागि हिमांशु झांग्राले गोल गरेका थिए । नोभाले २९ औं मिनेटमा पहिलो गोल गरेका थिए । उनले गोलरक्षक र डिफेन्सको समन्वयको कमजोरीको फाइदा उठाउँदै अग्रता दिलाएका थिए ।
भारतका लागि हिमांशुले ३५ औं मिनेटमा बराबरी गोल गरेका थिए । परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको दुई मिनेटमा नै हिमांशुले बराबरी गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा नोभाले अर्को गोल गर्दै बंगलादेशको जितको आधार तयार पारेका थिए ।
५ राष्ट्रको सहभागिता रहेको च्याम्पियनसिपको ३ खेल सकिदा बंगलादेशको ६ अंक, नेपालको ३ अंक छ । भारत, श्रीलंका र माल्दिभ्स अंक विहिन छन् । राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीबीच फाइनल हुनेछ ।
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]
December 17, 2024
हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]
December 17, 2024
दिपक बोहोरा,पाँचथर पाँचथर सदरमुकाम फिदिममा शनिवार सुरु हुने ११ औं फाल्गुनन्द गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक फिदिम स्पोर्टिङ क्लबले सामाजिक सञ्जाल मार्फत गोल्डकपको खेलतालिका सार्वजिक गरेका हुन् । उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले पाहुना टोली करसाङ एफसी भारतसँग प्रतिस्पर्धा गर्नेछ ।मच्छिन्द्र एफसी र झापा ११ फुटबल क्लबबीच पुस ७ गते दोस्रो […]