default_image

2 years ago

July 28, 2022

एटलेटिको समर्थक भन्छन् – ‘रोनाल्डोलाई स्वागत छैन’

282 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको अनिश्चित भविष्यलाई लिएर युरोपेली फुटबलमा निकै टिका टिप्पणी हुने गरेको छ । म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएपनि च्याम्पियन्स लिग खेल्नका लागि रोनाल्डो अन्य क्लबमा अवसर खोजिरहेका छन् ।

पछिल्लो समय युरोपका शीर्ष टोली बायर्न म्युनिख, रियल म्याड्रिड र चेल्सीले उनलाई अनुबन्ध नगर्ने प्रष्ट पारिसकेको छ । रोनाल्डो आफैंले आफ्नो पूर्व क्लब स्पोर्टिङ लिस्बन नजाने त सार्वजनिक रुपमा नै अभिव्यक्त गरेका छन् । यस्तोमा उनीसँग अब विकल्प निकै कम छन् ।

स्पेनको अर्को शीर्ष क्लब एटलेटिको म्याड्रिडको नाम पनि पछिल्लो पटक रोनाल्डोसँग जोडिएको थियो । तर त्यो चर्चा चलेको केही दिन नबित्दै एट्लेटिकोले पनि रोनाल्डोलाई अनुबन्ध गर्ने कुनै योजना नभएको प्रष्ट पारेको छ ।

स्पेनी सञ्चारमाध्यममा अनेक अडकलबाजी आएपछि एट्लेटिकाको अध्यक्ष इन्रिके केरेजोले भनेका छन्,‘ मलाई थाहा छैन रोनाल्डोको बारेमा कसरी कथा तयार भयो । तर व्यवहारिक रुपमा हेर्ने हो भने उनी हाम्रो क्लब आउने सम्भावना छैन ।’

आर्थिक अवस्थाका कारण ट्रान्सफर बजारमा एट्लेटिको आक्रमक देखिएको छैन । रोनाल्डोका एजेन्ट जोर्गे मेन्डिससँग एट्लेटिकोको सम्बन्ध राम्रो रहेकोले चर्चा भएको हुन सक्ने अनुमान गरिएको छ । तर क्लबले यो सम्भव नभएको प्रष्ट पारेको छ ।

यता एटलेटिकोका समर्थक पनि रोनाल्डो आउने चर्चाले आजित भएका छन् । क्लबका समर्थकले बुधबार भएको प्रि-सिजनको मैत्रीपूर्ण खेलमा ‘सीआर७ नट वेलकम’ अर्थात रोनाल्डोलाई स्वागत छैन लेखिएको ब्यानर नै राखेका थिए । यसबाहेक रोनाल्डोलाई संकेत गर्दै अन्य प्लेकार्ड पनि समर्थकले देखाएका थिए । मैत्रीपूर्ण खेलमा एटलेटिकोले नुमान्सियालाई ४-० ले पराजित गरेको थियो ।

January 5, 2025

एन्फा महिला लिगमा पुलिस र आर्मीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगको विभागीय डर्बीमा आइतवार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब गोल रहित बराबरीमा रोकिएका छन् सातदोबाटोस्थित एन्फाको मैदानमा भएको खेलमा दुवै टोलीले बराबरीमा रोकिएका हुन् । पुलिसकी पुजा रानाले २३औं मिनेटमा गोल गरे पनि रेफ्रिले मान्यता दिएनन् । त्यसैमा विवाद भएपछि करिब २५ मिनेट खेल रोकिएको थियो […]

January 5, 2025

एन्फा महिला लिग – पुलिस र आर्मी भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगमा आज दुई विभागीय नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ। सातदोबाटोस्थित एन्फाको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ । अन्तिम चरणको लिगमा पहिलो खेलमा जित हात पारेका दुवै टोली सोहि लयलाई निरन्तरता दिन चाहन्छन् । पहिलो चरणको लिगमा पुलिस र आर्मीले १-१ गोलको बराबरीमा […]

January 5, 2025

म्यानचेस्टर सिटीको जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले वेस्ट ह्याम युनाईटेडलाई पराजित गरेको छ । सिटीलेघरेलु मैदानमा शनिवार ४-१ को सहज जित हासिल गरेको हो । सिटीको जितमा एर्लिङ हालाण्डले २ तथा फिल फोडेनले १ गोल गरे । अर्को आत्मघाती गोल भयो । वेस्ट ह्यामका निकलेस फोलकुर्कले १ गोल फर्काए । वेस्ट ह्यामका भ्लादिमिर क्याफलको आत्मघाती […]

Success

Thank you for your time.