3 years ago
July 27, 2022
एजेन्सी – युरोपेली च्याम्पियन रियल म्याड्रिड प्रि सिजनको मैत्रीपूर्ण खेलमा मेक्सिकन टोली क्लब अमेरिकासँग बराबरीमा रोकिएको छ । रियल म्याड्रिड २-२ को बराबरीमा रोकिँदा करीम बेन्जेमा र इडेन हाजार्डले १-१ गोल गरे ।
रियल खेलको पाँचौ मिनेटमा नै पछि परेको थियो । हेनरी मार्टिनले क्लब अमेरिकालाई अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्र भित्र गरेको प्रहार गोलरक्षक आन्द्रीए लुनिनले बचाउन सकेका थिएनन् । त्यसपछि रियलले एकपछि अर्को आक्रमण बुनेपनि अमेरिकाका गोलरक्षक गिलेर्मे ओचोआले केही राम्रो बचाउ गरे ।
रियलले २२ औं मिनेटमा बराबरी गोल फर्कायो । चोटबाट ठिक भएपछि पहिलो पटक मैदान उत्रेका बेन्जेमाले सुन्दर गोल गरेका थिए । उनले मार्को एसेन्सियोसँग वन टु पास खेल्दै पेनाल्टी क्षेत्र बाहिरबाट दर्शनीय गोल गरे ।
दोस्रो हाफमा रियलले हाजार्डको गोलमा अग्रता लियो । क्लब अमेरिकाका खेलाडीले पेनाल्टी क्षेत्रभित्र लुकास भाज्केजलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । हाजार्डले त्यसलाई गोलमा परिणत गर्दै रियललाई अघि बढाए ।
तर खेलको १० मिनेट बाँकी हुँदा खेल पुन: बराबरीमा आयो । क्लब अमेरिकाका अल्भारो फिदाल्गोले पेनाल्टीमा गोल गरे । उनको पहिलो प्रहार गोलरक्षक लुनिनले बचाएपनि रेफ्रीले गोलरक्षक अघि बढेका कारण पुन: प्रहार गर्न लगाएका थिए ।
रियलको प्रि-सिजनमा यो दोस्रो खेल थियो । पहिलो खेलमा बार्सिलोनासँग १-० को हार बेहोरेको टोलीले दोस्रो खेलमा पनि जित हासिल गर्न सकेन । रियलले अब अमेरिका भ्रमणको अन्तिम खेल ३० जुलाईमा युभेन्टससँग खेल्नेछ ।
यो पनि : बार्सिलोना र युभेन्टसको बराबरी
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]