3 years ago
July 28, 2022
एजेन्सी – महिनौंको अड्कलबाजीपछि पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की अन्तत: जर्मन क्लब बायर्न म्युनिख छाडेर क्याटलान क्लब बार्सिलोना आइपुगेका छन् ।
८ सिजन बायर्नमा बिताएका लेवान्डोस्की अमेरिकामा बार्सिलोनाको प्रशिक्षणमा जोडिएर ‘लस भेगास एल क्लासिको’ अर्थात स्पेनिस प्रतिद्वन्द्वी रियल म्याड्रिडविरुद्ध उत्रिसकेका छन् ।
३३ वर्षीय लेवान्डोस्कीको आगमनले बार्सिलोनाको उपाधिको सम्भावना बढ्ने पक्का छ । लेवान्डोस्की आफैंले पनि बार्सिलोनालाई उपाधि दिलाउने बताइसकेका छन् । बार्सिलोनाको खेलाडीको रूपमा मिडियासँगको कुराकानीमा लेवान्डोस्कीले बार्सिलोनाको स्वर्णिम युगलाई फिर्ता ल्याउन आफ्नो महत्वाकाङ्क्षा खुलाएका छन् ।
‘यदि तपाइँ बार्सिलोनाबाट खेल्नुहुन्छ भने सधैं उपाधि जित्ने बारे सोच्नुहुन्छ, तर यसका लागि चरणवद्ध रूपमा अगाडि बढ्नुपर्छ,’ लेवान्डोस्कीले भने, ‘हामी हाम्रो गन्तव्यमा पुग्न उभिन र लड्न सक्नुपर्छ । यो सिजन अघिल्लो सिजनभन्दा पक्कै फरक र राम्रो हुनेछ ।’
च्याम्पियन्स लिगमा बार्सिलोनालाई ८–२ ले पराजित गर्दा बायर्नको महत्त्वपूर्ण हिस्सा बनेका लेवान्डोस्कीले आफ्ना नयाँ टोलीका साथीहरूसँग यसबारे कुरा नगरेको बताएका छन् । ‘मैले स्वीकार गर्नुपर्दछ कि हामीले यसको बारेमा बोलेका छैनौं,’ लेवान्डोस्कीले भने, ‘यो विगत हो । पछाडि हेर्नु राम्रो होइन । यो हाम्रो सोच्ने तरिका हो ।’
लेवान्डोस्कीले आफ्नो नयाँ परिवेशमा अभ्यस्त बनाउन टोलीका साथीहरू अत्यन्तै सहयोगी भएको र उनले सकेसम्म धेरै गोल गर्ने आशा राखेका छन् ।
‘पहिलो दिनदेखि नै मलाई निकै राम्रो साथ र सहयोग पाइरहेको छ । यो मेरो लागि धेरै हो । मैले टोलीसँग अनुकूल हुनुपर्छ,’ लेवान्डोस्कीले भने, ‘म आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्नेछु । कति स्कोर गर्न सक्छु भन्ने आँकडा कहिल्यै भन्न सक्दिन । सबैभन्दा महत्त्वपूर्ण कुरा टोलीका लागि केही गर्छु ।’
‘मेरो दिमागमा खेल जित्ने र गोल गर्ने कुरा हुन्छ । यसले खेल वा विपक्षीलाई फरक पार्दैन । म सधैं जित्नको लागि भोको छु । यो टोलीमा ठूलो क्षमता छ । हामी सबै मिलेर अघि बढ्नुपर्छ,’ लेवान्डोस्कीले थपे ।
February 5, 2025
हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- मछिन्द्र फुटबल क्लब पोखरामा जारी २४ औं आरा! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बुधवार भएको दोस्रो प्रि क्वाटरफाइनलमा विभागीय टोली एपिएफ फुटबल क्लबलाई २-० गोल ले हराउँदै मछिन्द्र अन्तिम आठमा पुगेको हो। मच्छिन्द्रलाई जित दिलाउन आदित्य शाक्य र स्टेफेन कामाहाले गोल गरे। दोस्रो दिन अर्को पूर्व विजेता […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]