default_image

2 years ago

July 25, 2022

नेयमार, एमबाप्पे र मेस्सीको गोलमा पिएसजीको सानदार जित

101 views

0 Bookmark

एजेन्सी – ब्राजिली फरवार्ड नेयमारसँगै केलियन एमबाप्पे र लियोनेल मेस्सीले गोल गरेपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ ।

पिएसजीले जापानी क्लब गाम्वा ओसाकामाथि ६–२ को सानदार जित निकालेको हो । पिएसजीको सानदार जितमा नेयमारले दुई तथा पाब्लो साराविया, लियोनेल मेस्सी, नुनो मेन्डेस र केलियन एमबाप्पेले समान एक गोल गरे । घरेलु टोलीका केइसुके कुरोकावा र हिरोटो यामामीले एक गोल फर्काए ।

जापानमा भएको खेलको २८औं मिनेटमा पाब्लो सारावियाको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिन सफल भयो । ३२औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । त्यसको एक मिनेटपछि केइसुके कुरोकावाले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए ।

३७औं मिनेटमा नुनो मेन्डेसले तथा ३९औं मिनेटमा लियोनेल मेस्सीले गोल गरेपछि पिएसजीले पहिलो हाफमा ४–१ को आरामदायी अग्रता लिन सफल भयो । ६०औं मिनेटमा नेयमारले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरेपछि पिएसजी खेलमा ५–१ ले अघि बढ्यो ।

७०औं मिनेटमा हिरोटो यामामीले गोल गर्दै खेललाई ५–२ को स्थितिमा ल्याएपनि त्यसपछि ८६औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पिएसजीको फराकिलो जित सुनिश्चित गरे ।

पिएसजी अहिले प्रि–सिजनमा जापानमा रहेको छ । प्रि–सिजनमा पिएसजीको यो लगातार चौथो जित हो । यसअघि पिएसजीले क्वीभिली, कावासाकी फ्रन्टाले र उरावा रेड डाइमन्ड्सलाई पराजित गरेको थियो ।

July 5, 2024

इक्वेडोरलाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

एजेन्सी – इक्वेडोरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । गोलरक्षक इमिलियानो मार्टिनेजले पेनाल्टी सुटआउटमा दुई वटा पेनाल्टी बचाउँदै ४-२ को जित निकालेपछि शुक्रबार अर्जेन्टिना लगातार पाँचौं पटक सेमिफाइनलमा प्रवेश गरेको हो । कोपा अमेरिकामा क्वाटरफाइनल र सेमिफाइनलमा बराबरीको खण्डमा खेल सिधै पेनाल्टी सुटआउटबाट निर्धारण हुने प्रावधान छ […]

July 5, 2024

‘एमबाप्पे र रोनाल्डो’ – रियल म्याड्रिड ग्यालेक्टिकोस विगत र भविष्यको भेट

एजेन्सी – बाल्यकालमा केलियन एमबाप्पेले आफ्नो कोठाको भित्तामा क्रिस्टियानो रोनाल्डोको तस्विर राखेका थिए । फ्रान्सेली फुटबल टोलीका कप्तान समेत रहेका एमबाप्पे अहिले फुटबलको चर्चित नाम बनिसकेका छन् । उनै एमबाप्पेले आफ्नो बाल्यकालका स्टार रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल विरुद्ध युरो कप २०२४ को क्वाटरफाइनलमा खेल्दैछन् । युरो २०२४ को क्वाटरफाइनलमा फ्रान्स र पोर्चुगल आमनेसामने हुँदा रोनाल्डो […]

July 4, 2024

मेस्सीले कोपा अमेरिका क्वाटरफाइनल खेल्नेमा शंका

एजेन्सी – अर्जेन्टिनाका स्टार फरवार्ड तथा कप्तान लियोनेल मेस्सीले अमेरिकामा जारी कोपा अमेरिका २०२४को क्वाटरफाइनल खेल खेल्ने / नखेल्ने शंका रहेको छ । चोटका कारण मेस्सीले इक्वेडोर विरुद्धको क्वाटरफाइनल खेल्ने निश्चित नरहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अर्जेन्टिना र इक्वेडोर बीचको क्वाटरफाइनल खेल शुक्रवार बिहान हुँदैछ । मेस्सीले गत साता चिली विरुद्धको समूह […]

Success

Thank you for your time.