2 years ago
July 26, 2022
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई शर्त पूरा गरे क्लब छाड्न अनुमति दिने बताएका छन् ।
३७ वर्षीय रोनाल्डोलाई युनाइटेडले क्लब छाड्नका लागि स्वीकृति दिन नयाँ शर्त राखेको छ । नयाँ शर्तअनुसार रोनाल्डोले क्लबसँग सम्झौता नवीकरण गरेको खण्डमा मात्र युनाइटेडले उनलाई लोनमा क्लब छाड्न दिनेछ । मिररका अनुसार युनाइटेड रोनाल्डोको सम्झौता सन् २०२४ सम्म लम्ब्याउन चाहन्छ ।
यो सिजन युनाइटेडमा रहेर च्याम्पियन्स लिग खेल्न नपाउने भएकाले रोनाल्डोले क्लब छाड्ने चाहना राखेका हुन् । तर, युनाइटेडले सम्झौता नविकरण गर्दै भविष्यमा रोनाल्डोले क्लबबाटै च्याम्पियन्स लिग खेलोस् भन्ने चाहना छ । रोनाल्डोको वर्तमान सम्झौता सन् २०२३ को जुनमा सकिनेछ ।
नयाँ प्रशिक्षक एरिक टेन हागले क्लबलाई प्रिमियर लिगको शीर्ष चारमा पु¥याउन सके रोनाल्डोले त्यो अवसर पक्कै पाउनेछन् । तर रोनाल्डो र उनका एजेन्ट भने यस किसिमको प्रस्तावबाट आश्चर्यमा परेका छन् । तर रोनाल्डोले उक्त प्रस्ताव अस्वीकार गरेका छैनन् ।
युनाइटेड थाइल्याण्ड र अष्ट्रेलिया टुरमा रहँदा रोनाल्डोले पारिवारिक कारण देखाउँदै टुरमा सामेल छैनन् । रोनाल्डो पछिल्लो समय स्पेनिस क्लब एट्लेटिको म्याड्रिडसँग पनि जोडिएको छ ।
December 19, 2024
हिमाल खरेल, बिर्तामोड कप्तान अञ्जन विष्टको ह्याट्रिकको एनआरटी झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले बिहीवार काठमाडौं जिल्ला लिग विजेता चित्लाङ एफसीलाई ५-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । योसँगै जारी प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । खेलको १३ औं मिनेटमा एनआरटीले अग्रता लियो । कप्तान […]
December 19, 2024
एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]
December 19, 2024
एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं मिनेटमा पोस्टको […]